२०७९ असार १२ आईतवार

घरधनीको बयान : पल र बालिका सँगै बसेका थिए

ज’बरज’स्ती कर’णीको मु’द्दा खेपि’रहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हि’रास’तमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हि’रासतमा छन् ।

आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ । १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक ब’लात्का’र र यौ’न दु’र्व्यव’हार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जा’हेरी दिएकी थिइन् ।

फागुन ११ मा बालिकाले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित प्रदीप थापाको घरमा पलले ब’लात्का’र गरेको जिकिर गरिएको छ ।

तनहुँ प्रहरीले घरधनी प्रदिप थापा र उनकी पत्नीसँग बयान लिएको छ । घरधनी दम्पतीले प्रहरीसँग भनेका छन्–‘त्यसदिन पल र बालिका सँगै बसेका हुन् ।’ घ’टना भएको दिन कमल खत्री भन्ने व्यक्ति सो घरको छुट्टै कोठामा बसेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार प्रदिप थापा दम्पतीले बालिकाको उजु’रीलाई सहयोग पुग्नेगरी बयान दिएका छन् । –तुफान मिडिया बाट 

नाबालिग ब’ला’त्का’र”को आ’रो”प लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ। तनहुँ प्रहरीमा ब”ला’त्का’र’को जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले ब’ला’त्का’र गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन्।

उक्त मु’द्दाको अ’नु’स’न्धा’नका लागि आ’रो’पितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए। आ’रो’पि’त शाहलाई एक घण्टा अगाडि गैंडाकोट ल्याएको हो।

ब”ला’त्का’र मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ। बुधबार जिल्ला अदालतबाट हिरासतमा राखि म्याद अनुमति लिएर अ’नुसन्धान प्रक्रिया अगाडि बढाइने डिएसपी गिरीले बताए।

१६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा कि’टानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो।

बलात्कार मुद्दामा अनुसन्धान गर्न आ’रो’पि’त शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो।

गैंडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष ७ चैतमा एक रिसोर्टमा राखेर आफूलाई ब’ला’त्का”र गरेको किशोरीले कि’टा’नी जाहेरी दिएकी छिन्।

२०७८ फाल्गुन २४, मंगलवार प्रकाशित 1 Minute 237 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?