२०७९ असार १२ आईतवार

वैशाख १४ मध्यराति १२ बजे पलले गायिकाको कोठामा जानुअघि पठाएको एसएमएसमा के छ ?

दमौली : बाँसको खाँबो गाडेर जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिरपट्टि डोरी टाँगिएको छ । युट्युबर फर्किएपछि दमौलीमा प्रहरी कार्यालयको पारिपट्टि रहेको न्यु मार्फाली होटल एन्ड लज सुनसानजस्तै छ । प्रहरी कार्यालयबाहिर ब’लात्कार आ’रोपितको पक्षमा ना’राबाजी गर्ने कथित अभियन्ता छैनन् ।

नाबालिकालाई जब’र्जस्ती ‘करणीको अभियोगमा कलाकार पूर्णविक्रम शाह ९पल शाह० दमौलीको हिरासतमा आइतबारदेखि थुनामा छन् । उनी थुनिएदेखि दमौलीमा भीड जम्मा भयो ।

काठमाडौंदेखि आएका युट्युबर र अभियन्ता बास बस्दा प्रहरी कार्यालयवरपरका होटल र रेस्टुरेन्टले ४–५ दिन राम्रै व्यापार गरे । बिहीबार उनीहरू फर्किएपछि भने प्रहरी कार्यालयवरपर सुनसान देखियो । शुक्रबार काठमाडौंबाट एक युवतीमात्रै शाहलाई भेट्न आइन् ।

पीडित नाबा’लिकाले शुक्रबार सरकारी वकिलको कार्यालयमा बयान दिइन् । उनले जाहेरीमा उल्लेख भएको व्यहो’रालाई बल पुग्ने गरी बयान दिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए । उनका अनुसार पीडित आफ्नो बयानमा अडिग छिन् ।

कार्यालयले अन्य साक्षीको बयान लिइरहेको छ । पीडितका तर्फबाट पूर्वी नवलपुर प्रहरी कार्यालयमा पनि शाहविरुद्ध जब’र्जस्ती कर’णीको उजुरी परेकाले त्यहाँ पनि सरकारी वकिलको कार्यालयमा बयान हुनेछ ।

कलाकार दुर्गेश थापा र सम्राट चौलागाईंले बुधबार दमौली आएर पीडितकै पक्षमा बयान दिइसकेका छन् । प्रहरीले हिरासतमा रहेका शाहसँग बयान लिए पनि उनले आरो’प स्वीकार गरिसकेका छैनन् ।

उनले म्युजिक भिडियो सुटिङका क्रममा पीडितसँग एउटै घरमा बसे पनि शारीरि’क सम्पर्क नभएको बयान दिएका छन् । पीडितको स्वास्थ्य परीक्षणमा भने नाबालिकाको कन्याजाली च्यातिएको प्रतिवेदन आइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए । पीडित र आरोपितको बयानअनुसार अनुसन्धान अधिकारीले प्रमाण जुटाउने, पीडितलाई कागज गराउने, जाहेरीवाला ९पीडितका बुबा० लाई सोधपुछ गर्ने, घटना विवरण कागजमा संलग्न भएका मानिसको भनाइलाई हेर्ने र विश्लेषण गर्ने काम गर्छन् ।

अनुसन्धान भइसकेपछि बढीमा २५ दिनभित्र अदालतमा पेस गर्नुपर्छ । शाह आइतबारदेखि अदालतबाट ७ दिन म्याद थप गरी थुनामा छन् । शनिबार बिदा भएको र अनुसन्धान नसकिएकाले आइतबार पुनः म्याद थप हुनेछ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार कुनै महिलालाई निजको सहमतिबिना र १८ वर्षमुनिकालाई सहमतिमा पनि कर’णी गर्न मिल्दैन । उक्त करणी ब’लात्कार ठहरिन्छ । जन्मदर्ताअनुसार पीडित नाबालिकाको जन्म २०६२ साउन ३ मा भएको देखिन्छ ।

२०७८ वैशाख १४ मा तनहुँको दुलेगौंडामा अन्ति’म कर’णी हुँदा उनको उमेर १५ वर्ष ८ महिना ९ दिन छ । मुलुकी अपराध संहिता २०७४ को दफा १९ को ३ ९ग० बमोजिम १४ देखि १६ वर्षसम्मका ना’बालिकालाई क’रणी गरेको अवस्थामा १२ देखि १४ वर्षसम्मको कैद’ सजाय हुन्छ ।

अधिवक्ता राधिका खतिवडाका अनुसार बलात्कार घटनामा प्रत्यक्षदर्शी हुँदैनन् । भिडियो प्रमाण पनि हुँदैन । नाबालिकाले जाहेरीमा समर्थन गर्ने गरी बयान गरिसकेपछि अदालतमा पुगेर त्यसैलाई निरन्तरता दिइन् भने उनी नै यसको सबैभन्दा ठूलो प्रमाण हुने उनले बताइन् ।

‘बला’त्कारसम्बन्धी कानुन आएपछि सर्वोच्चमा बला’त्कारको मु’द्दा लाखौं चले होलान्, कुनै पनि मुद्दामा अदालतले भिडियो वा प्रत्यक्षदर्शी चाहिन्छ भनेर खोजेको छैन,’ उनले भनिन्, ‘स्वयं पीडितको जाहेरी नै यसको महत्त्वपूर्ण प्रमाण हो ।

जा’हेरीलाई समर्थन हुने गरी घटनापूर्वका प्रतिवादी र पीडितको क्रियाकलाप, घटनापश्चात्का पीडित र प्रतिवादीका समाजमा भएका क्रियाकलापलाई नै विश्लेषण गरिन्छ ।’

यो घटनामा मध्यराति १२ बजे एसएमएस गरेर कसैको कोठामा परिपक्व भएको कोही पुरुष आउँछु भन्नु नै महत्त्वपूर्ण प्रमाण भएको उनले बताइन् । प्रहरीले सार्वजनिक भएको एक अडियोलाई पनि प्रमाणका रूपमा पेस गर्ने भएको छ ।

उक्त अडियोमा शाहले भनेका छन्, ‘यदि उनी प्रे’ग्नेन्ट भएको भए समस्या हुन्थ्यो, बच्चा भएको भए स्विकार्ने कि नस्विकार्ने भन्ने कुरा आउँथ्यो । गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डबीच अन्डरस्ट्यान्डिङमा केही भयो होला ।

यति सेफ हिसाबले हुँदा पनि लास्टमा बिहे नै गर्नुपर्छ भन्न मिल्दैन । हामी जिन्दगीभरि सँगै हुन्छौं । म सधैं तिमीसँग बोल्छु, रिप्लाइ गर्छु भइहाल्यो नि ।’

आरोपितले नै सार्वजनिक गरेको अर्को अडियोमा पनि उनीहरूबीचमा शारीरिक सम्पर्क भएको र त्यसलाई मिलाउन उनीसहित अन्य साथी लागेको सार्वजनिक भएको थियो । यी प्रमाण हेर्दा १८ वर्षभन्दा कम उमेरकी बालिकालाई कर’णी गरेकाले आरोपित कसुरदार भइसकेको अधिवक्ता खतिवडाले बताइन् ।

‘१८ वर्ष नपुगी भोट हाल्न दिइँदैन, कुन पार्टी राम्रो, कुन पार्टी नराम्रो छुट्याउन सक्दैनन्, सेवा गर्न, जागिर खान पाइँदैन, मजदुरी गराउन पाइँदैन,’ उनले भनिन्, ‘१८ वर्षभन्दा कम उमेरका बालबालिकाको त्यो प्रकारको चेतनास्तर, सामाजिक विकास र क्षमता विकास भएको हुँदैन ।

त्यसैले बालबालिकालाई एउटा प्रकारको र पाकालाई अर्को प्रकारको कानुन बनेको हो ।’

जा’हेरीवाला एवं पीडितका बुबा यस घटनामा धेरै बोल्न चाहँदैनन् । ‘अहिले हामी पीडामा छौं,’ कान्तिपुरसँग छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘छोरीले ठीक गरेकी छन् । उनको कदमलाई हामीले साथ दिनुपर्छ भनेर लडिरहेका छौं ।

न्याय मिल्ला ।’ दीपक परियार, सम्झना रसाइलीले कान्तिपुर दैनिकमा यो समाचार लेखेका छन् ।

२०७८ फाल्गुन २६, बिहीबार प्रकाशित 0 Minutes 603 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?