२०७९ जेष्ठ २ सोमबार

अभिनेता पल शाहलाई अर्को धक्का !

काठमाडौँ / तनहुँ प्रहरी हि’रासतमा रहेका अभिनेता पल शाह फिल्म ‘२ नम्बरी’ बाट ह’ट्ने भएका छन् । निर्माण युनिटले उनलाई ह’टाएर फिल्म पुरा गर्ने तयारी थालेको हो ।

निर्देशक दीपेन्द्र लामाले फिल्ममा पल शाहको ठाउँमा अर्को कलाकार लिएर काम गर्ने तयारी भएको बताए । पलभित्र भएपछि उनको ठाउँमा हामीले अर्को कलाकार लिएर काम गर्नैपर्छ’ निर्देशक लामाले भने ‘अहिलेसम्म पललाई ह’टाइएको छैन ।

अर्को कलाकार फाइनल भएपछि उनी ह’ट्नेछन् ।’ निर्देशक लामाले उनको ठाउँमा अर्को कलाकार फाइनल नभएसम्म ह’टाइयो भनेर भन्न नमिल्ने बताए ।

‘हामी फिल्म कहिलेबाट छायाङ्कन जाने भनेर छलफल गरिरहेका छौ । फिल्मको छायाङ्कन छिट्टै सुरु भयो भने पल शाह ह’ट्नेछन्’ लामाले थपे ।

पहिलो चरणको को’रोना महामारीको कारण रोकिएको फिल्मको छायाङ्कन बल्ल अहिले सुरु हुन लागेको हो । फिल्मको १ चैत्रबाट छायाङ्कन सुरु हुने निर्माता किरण नेपालीले बताए ।

काठमाडौंबाट सुरु भएको फिल्मको छायाङ्कन पोखरामा पुगेर रोकिएको थियो । अहिले फिल्मको छायाङ्कन लोकेसन र केही कलाकार पनि फेरिने बताइएको छ । फिल्मका एक कलाकार जयनन्द लामाको नि’धन भएको छ ।

दयाहाङ राई, उगेन छोदेन भुटानी अभिनेत्री, वर्षा राउत लगायतको मुख्य भूमिका रहने फिल्ममा निर्देशक लामाकै कथा रहेको छ ।

 

२०७८ फाल्गुन २७, शुक्रबार प्रकाशित 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार