
प्रकाश सपुतको ‘पिर’ शीर्षकको म्युजिक भिडिओले जन”यु’द्ध लडेका महिलाको अपमान गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले ग’म्भी”र आप’त्ति जनाइरहेका बेला जनयु’द्धकै एक शीर्ष नेता डा. बाबुराम भट्टराईले भने समर्थन गरेका छन्।
माओवादीद्वारा सञ्चालित जनयु’द्ध’मा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित उक्त गीत १६ मिनेट २५ सेकेन्डको छ। जसमा एक महिला छापामार गरिबीका कारण देह व्यापारमा संलग्न भएको दृश्य छ।
हाल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. भट्टराईले आफू पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार रहेको उल्लेख गर्दै गीतमा आपत्तिजनक कुरा नरहेको प्रतिक्रिया दिएका हुन्।
‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु- त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।
गीतले जनयुद्धको विरोध गरेको छैन’, डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ। त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो। गीतका सर्जकलाई किन ‘ध”म्क्या’उने?’’
थप समाचार : काठमाडौं – प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’ वि’वा”दीत बनेको छ। माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको भिडियोलाई लिएर माओवादी नेताहरुले वि’रो”ध जनाएका छन्।
भिडियोका दृश्यका कारण यतिबेला सामाजिक सञ्जाल दुई खेमामा बाँडिएका छन्। माओवादी नेता-कार्यकर्ताहरुले सामाजिक सञ्जालमा रोष प्रकट गर्दै गर्दा आम सामाजिक सञ्जालकर्ताहरुले भने प्रकाश सपुतको समर्थन गरेका छन्। उनीहरुले माओवादी नेता कार्यकर्तामाथि जाइलागेका छन्।
भिडियोलाई लिएर वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटाले वि’रो’ध जनाएका छन्। उनले माओवादी ज’न’यु”द्ध लड्ने एक महिला छा”पा’मारको अभावलाई देह व्यापारको चित्रण गर्नु दण्डनीय भएको बताएका छन्।
‘`पिर’को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाउ, तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले `देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्- त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्जक सपुतलाई मेरो एउटा प्रश्न- अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो?’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।