२०७९ जेष्ठ ४ बुधबार

‘प्रचण्ड जतिको इमान्दार नेता नेपालमै छैन’ : पूर्व सांसद सरिता गिरी

काठमाडौं । पूर्व सांसद सरीता गिरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालीकै इमान्दार नेता रहेको बताएकी छन्। नेपालको नक्सामा कालापानी लगायतका भूमि समावेश गर्दा विरो’ध जनाएर सांसद गुमाएकी गिरीले नेपालका अन्य नेताहरु भन्दा प्रचण्ड इमान्दार देखिएकी बताएकी हुन्।

सांसद पद गुमाएपछि सामाजिक संजाल मार्फत आफ्ना भनाईहरु राख्न सक्रिय भएकी गिरीले फेसबुकमा एक स्ट्याटस राख्दै अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार रहेको बताएकी छन्।

“अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार छन्। “,प्रचण्डको प्रशंसा गर्दै गिरीले लेखेकी छन्। ज’नयु”द्धबाट आएका प्रचण्डले आफ्नो इतिहास नभुलेको र आफ्नो दायित्वबाट नभागेको गिरीको भनाई छ।

“ज’नयु”द्धको आफ्नो इतिहाससंग प्रचण्डले नाता तोडेका छैनन् र त्यसको दायित्वबाट पनि भागेका छैनन्।”,गिरीले प्रचण्डका बारेमा थप लेखेकी छन्।अन्य नेताहरु जस्तो प्रचण्ड आफ्नोदायित्वबाट नभागेको गिरीको बुझाई छ। उनी लेख्छिन्,”उनी भगौडा जस्तो देखिएका छैनन्।”

गिरीको स्ट्याटस यस्तो छ
अरु नेताको तुलनामा प्रचण्ड नै इमान्दार छन्। जनयु”द्धको आफ्नो इतिहाससंग प्रचण्डले नाता तोडेका छैनन् र त्यसको दायित्वबाट पनि भागेका छैनन्। उनी भगौडा जस्तो देखिएका छैनन्।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि कालापानी सहितका भूभाग समेटेर नक्सा बनाउँदा गिरी विपक्षमा उभिएकी थिइन्।उनले कालापानी सहितका भूभाग नेपालको हो भन्ने आधार नभएको बताएकी थिइन्। साथै उनले चीनको उक्सावटमा नक्सा समेटेर संविधान संशोधन गर्न खोजेको आरोप लगाएकी थिइन्।

गिरीलाई सांसद पदबाट हटाउन संसद र सडकमा चर्को आवाज उठेको थियो। त्यसपछि उनलाई समाजवादी पार्टी नेपालले सांसद पदबाट हटाएको थियो। त्यसयता गिरी पार्टी बिहिन् छिन्।

गिरी केपी ओलीको कटु आलोचक मानिन्छिन्। एक पटक उनले ओलीका कारण आफ्नो पद गएको आरोप लगाएकी थिइन्। साथै उने सांसद पद बचाउन अदालतको समेत सहारा लिएकी थिइन्। जुन उनको प्रयास असफल भएको थियो।

एमाले र कांग्रेस परित्याग गरी माओवादी केन्द्र रोज्नेहरु
एमालेबाट निर्वाचित जिरी नगरपालिका वडा नं ८ का कार्यवाहक वडाअध्यक्ष पेमादोर्जी सेर्पा सहित ८६ जना माओवादी केन्द्र प्रवेश गरेका छन् । एमाले परित्याग गर्दै माओवादी केन्द्र प्रवेश गरेका सेर्पाले भने,‘एमालेले जनताको मर्म बुझ्न सकेन् ।

त्यस कारण हामी एमाले छोडेर माओवादी केन्द्रमा प्रवेश गर्दछु । किन कि माओवादी केन्द्रले जनताको भावना, मर्म मात्र होइन् । देशलाई निकाश पनि दिँदै आएको छ । त्यसैले म लगायत एमाले र कांग्रेस परित्याग गरी ८६ जना माओवादी केन्द्र प्रवेश गरेका छौँ । जसमा युवा,महिला, विद्यार्थी र किसान पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका युवा नेता तथा वाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का,केन्द्रीय सदस्य नविन जिरेल, प्रदेशसभा सदस्य डि.एन शेर्पा,बैतेशोर गाउँपालिका पार्टी अध्यक्ष भिमबहादुर श्रेष्ठ,अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य रोशन खड्का, अखिल नेपाल खेलकुद महासङ्घका केन्द्रीय सदस्य पुष्कर अधिकारी,मन्त्री खड्काका सचिवालय सदस्य मनोज पाण्डे,सदस्य प्रशान्त कार्की सहभागी थिए ।

त्यसैगरी चुनावी माहिल तात्तिदै गर्दा देशभर लाखौंले माओवादीमा प्रवेश गरिसकेका छन । पार्टी प्रवेश गर्नेहरु मध्य धेरैजसो एमालेका नेता तथा कार्यकर्ता रहेका छन । त्यसपछी कांग्रेस र अन्य दलहरु बाट पनि प्रवेश गरिरहेका छन।

प्रचण्डको कटाक्षः ‘माओवादी नेता कार्यकर्ता व्यक्तिवादी, गुटबादी, अराजकतावादी, पदलोलुप, स्वार्थी’
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी कमजोर देखिनुमा पार्टी भित्र नेता कार्यकर्तामा आएको विचलन प्रमुख कारण भएको बताएका छन् । पार्टीले लिएको नीति र सिद्धान्त सही भएपनि पार्टी भित्र देखिन थालेको गलत प्रबृतीले पार्टी कमजोर बनेको बताए ।

अहिले ती कमजोरी पहिचान गरि सुधार गरेर पछिल्लो केन्द्रीय समिति बैठकले नयाँ प्रतिज्ञा गरेको उनले बताए ।कर्णाली प्रदेशस्तरीय नेता कार्यकर्तालाई प्रशिक्षण दिन आज सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले केही समय अघिसम्म माओवादी नेता कार्यकर्तामा व्यक्तिवादी, गुटबादी, अराजकतावादी, पदलोलुप, स्वार्थी प्रबृति देखिएको तिखो टिप्पणी गरे ।

प्रचण्डले भने, ‘अब हामीले आफूलाई कसरी सुधार गर्ने भन्ने चित्र प्रष्ट नभएका बेला नेता कार्यकर्ता विग्रिएका बेला हामीले गम्भीर ढंगले केन्द्रीय समितिमा विचार विमर्श गरेर २१ औं सताव्दीको पार्टी बनाईछोड्ने संकल्प गरिएको छ । माओवादी बाहेक अरु कसैले पनि देशको विकास र परिवर्तनलाई संस्थागत गर्नै सक्दैन ।’

अब हाम्रो नारा ‘एमाले हराउ, गठबन्धन जिताउ’ भन्ने हुन्छ – मुख्यमन्त्री पाण्डे
काठमाडौ । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । उनले आफ्नो पार्टी एक्लैपनि निर्वाचनमा जाने सुनाए । उनले निर्वाचनलाई लिएर एमाले डराएको पनि टिप्पणी गरे ।

उनले भने,‘अहिले निर्वाचनको डर त एमालेलाई छ, अहिले गठबन्धन कायमै रहेर निर्वाचन भयो भने, अहिलेपनि हेर्नुहोस न अस्ति राष्ट्रियसभाको निर्वाचन भयो, १९ सिटको निर्वाचनमध्ये एक सिट उहाँहरुको हातमा परेको छ । प्रदेश सरकारहरु उहाँको हातमा थिए, सबै गुमे, यही ढंगले ओरालो लाग्ने हो ।’

अब निर्वाचनमा एमालेले बाजी मार्ने कुनै सम्भावना नभएको उनको दाबी छ ।‘सिंहदरबारको मूलगेटबाट पस्न त सामान्य नागरिकले पनि पाउँछ, उहाँले अब सांसद पद जोगाउन झापामा ध्यान दिनुपर्छ ।’

स्थानीय तहको निर्वाचनपनि नजिकिएको उल्लेख गर्दै अब कसको के हैसियत ? भन्ने कुरा देखिने सुनाए ।उनले आफ्नो पार्टी भर्खरै जन्मिएको उल्लेख गर्दै संगठन विस्तारमा जोड दिईएको सुनाए । उनले अब एमाले हराउ, गठबन्धन जिताउ भन्ने मापदण्ड बन्ने पनि सुनाए । -सुचना बाटिका बाट

२०७८ चैत्र १, मंगलवार प्रकाशित 1 Minute 682 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार