
काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको पद जाने भएको छ । उनी अब मन्त्रीबाट हट्ने सम्भावना बढिसकेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले पुराना मन्त्रीलाई बदलेर नयाँ मन्त्री पठाउने तयारी गरेको छ ।
मन्त्रीको नाम पठाउने बेलामा नै सोही अनुसार को सह,,मति भएको थियो ।केही मन्त्रीको लिष्ट मा भएकाहरुलाई ६ महिना पछि अवसर दिने आश्वासन सहित माधव नेपालले मन्त्रीको नाम सिफारिस गरेका थिए ।
त्यसैले सो पार्टीले मन्त्री फेरवदल गर्न लागेको हो । त्यस्तै माओवादी केन्द्रले पनि केही मन्त्री हेरफेर गर्ने बुझिएको छ । मन्त्रीबाट रामकुमारी झाँक्री हट्ने समय नजिकिदै गर्दा उनको मन्त्राल यका सचिव पहिल्यै बदलिएका छन् ।
सचिव मणिराम गेलाल प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।यसअघि शहरी विकासबाट प्रधानमन्त्री कार्यालयमा पठाइएका रमेश सिंहला ई फेरि सरुवा गरी ल्याइएको छ ।
सिहको ४ महिनामै जाने र आउने क्रम चल्यो । आजै शहरी विकास मन्त्रालयका कर्मचारीले गेलाललाई बिदाई गरेका छन् ।
सिंहलाई स्वागत पनि गरेका छन् । चार महिना अघि बिदाई गरिएको सचिव सिंहलाई फेरि उक्त मन्त्रालयमा स्वागत गरिएका। स्रोत ताजखबर बाट।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।