२०७९ जेष्ठ ३ मंगलवार

मन्त्री आले र सलमानबीच भर्चुअल संवाद हुने,

‘दबङ टुर’ जेठ १४ मा६ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सल मान खानले नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने भएका छन् ।

यसैसाता हुने भर्चुअल संवादमा मन्त्री आले र सलमानसहित नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभागी हुनेछन् ।

सलमानलाई नेपाल ल्याउन लागेको ओडीसी इन्टरटेनमेन्टले आइतबार विज्ञप्ति जारी गर्दै भर्चुअल छलफल हुन लागेको जनाएको छ ।

आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सल मानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे छलफल हुन लागेको हो ।त्यस अवसरमा सलमानले नेपाली सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ पनि दिनेछन् ।

ओडीसीले नै यसअघि सलमानलाई नेपाल ल्याउन तयारी गरेपनि विवादका कारण कार्यक्रम रोकिएको थियो ।

तर यसपटक मन्त्री आलेकै पहलमा सलमानलाई ल्याउन ला गिएको हो । पछिल्लो समय मन्त्री आले फिल्मी गतिविधिमा निकै सक्रिय छन् ।

२०७८ चैत्र ६, आईतवार प्रकाशित 0 Minutes 385 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार