२०७९ असार १३ सोमबार

ड्युटीकै क्रममा ज्यान लिइएकी उर्मिलालाई प्रहरीले अस्पताल परिसरमै यसरी दियो अन्तिम श्रद्धाञ्जली-(भिडियो)

काठमाडौ । आरोपीलाई पक्राउ गर्न जाने क्रममा आ क्र मणमा परी निधन भएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई प्रहरीले अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेको छ । मोरङको बिराटनगर-७ स्थित को शी अस्पताल परिषरमा श्रेष्ठको पार्थिव

शरिरमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि।सी।ले नेपाल प्रहरी संगठनको झण्डा ओढाएर पुष्प गुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका हुन् । लेटाङ(५ स्थित शिक्षा बिकाश माध्यमिक बिधालयमा भएको घटनामा आइतरवार श्रेष्ठको निधन भएको थियो ।

उनलाई प्रहरीको बैण्ड सहितको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।लेटाङ घटनाबारे बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घटनास्थल पुगेका छन् ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल सुरक्षा निकायका प्रमुखसहित घटनास्थलमा पुगेका हुन् । लेटाङ नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष भुमसूर्य मगरले अहिले उक्त क्षेत्रको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी घटनास्थलमा आएको बताए ।

सिडिओ दाहालले त्यहाँका स्थानीय जनप्रति निधि तथा स्था नीयसँग घटनामा संलग्नलाई कारबाही गर्न सहजीकरण गर्न अनुरोध गरे । ‘जे नहुनु थियो त्यही भयो ।

यसमा दोषीमाथि कानुनअनुसार कारबाही हुन्छ । त्यसका लागि तपाईहरूले सहजीकरण गरिदिनुपर्‍यो भन्नु भएको छ,’ वडाध्य क्ष मगरले भने ।लेटाङमा सोमबार बिहानदेखि लगाइएको क र्फ्यू हटाउने विषयमा पनि सिडिओ दाहालले जनप्रतिनिधिसँग छलफल गरेका छन् । ‘

क र्फ्यूलाई कसरी हटाउन सकिन्छ ? त्यसका लागि कसले के गर्नुपर्छ, आफ्नो भूमिका अनुसार प्रस्तुत हुनुपर्यो भन्नुभयो,’ वडाअध्यक्ष मगरले भनेक र्फ्यू लागेपछि अहिले उक्त क्षेत्र सुनसान बनेको छ ।

स्थानीय निकै त्रसिद बनेका छन् । प्रहरीले अहिलेसम्म पाँचज नालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।लेटाङको शिक्षा विकास मावि का ५६ वर्षीय शिक्षक मनोज पौडेललाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।

कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौ न दु र्व्यव हार गरेको भन्दै स्थानीयले आइतबार विद्यालय घेराऊ गर्दै विरोध प्रदर्शन गरेका थिए ।

शिक्षक पौडेललाई पक्राउ गरेर प्रहरीले लैजाने क्रममा स्थानी यले अवरोध गरेका थिए । सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको ह त्या गरिएको थियो ।

२०७८ चैत्र ७, सोमबार प्रकाशित 1 Minute 4072 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?