२०७९ जेष्ठ ९ सोमबार

एमाले नेता फुयाँललाई थलीवासीले बिच सडकमै यसरी दनक दिएपछी ज्यान बचाउन हम्मे हम्मे (हेर्नुस भिडियो)

१० चैत, काठमाडौं । जोरपाटी–साँखु सडक खण्ड पिच नगरेको भन्दै थलीका बासिन्दाले एमाले नेता रामेश्वर फुयाँललाई घेरा हालेर र्‍याख र्‍याख्ती पारेका छन् ।

काम सुरु गरेको सात वर्षसम्म पनि सडक पिच नभएको भन्दै स्थानीयवासी आज बिहान सड कमा भेला भएर सवारी आवाग मन अवरुद्ध पारे । त्यसपछि बाटो खुलाउने पहल गर्न भन्दै एमा ले नेता एवम् बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयाँल प्रहरी हरुसहित त्यहाँ पुगे ।

तर स्थानीयले उनलाई घेरा हालेर आजसम्म पनि बाटो किन पिच नगरेको भन्दै प्रश्न गरे । फुयाँल ले ठेकेदारलाई दोष देखाउँदै जोगिने प्रयास गरे ।

तपाईंहरुको लागि लड्या लड्यै छु, बाटो पिच गराउँछु भन्दै आश्वासन दिए । तर स्थानीय झर्किए । उनीहरुले कुर्सिको लागि राजनीति गरेको, परिवारको लागि लडेको भन्दै आलोचना गरे ।त्यसको जवाफमा फुयाँलले भने– म म अफिसर छोडेर राजनी तिमा आएको, जनताको लागि आएको ।

एकजना स्थानीयले भोटको राजनीति गरेको आरोप लगाउँदै फेरि प्रश्न गरे- कुर्सिको लागि पार्टी फुटाएको तिमीहरुले होइन ?भिडबाट अनेक प्रश्नहरू बर्सिएपछि फुयाँल केही नरम देखिए ।

ठेकेदारलाई बोलाएर भोलि नै बाटो पिच गराउन थाल्ने बताउँदै उनले भने, ‘आज बाटो खोलौं । भोलि बिहान आठ बजे यही थली चौरमा मिटिङ गरौं ।’तर स्थानीयले मानेनन् ।

१० वर्षसम्म नभएको काम भोलि एक दिनमा बन्छ र ? भन्दै प्रश्न गरे । उनीहरुले आजै काम सुरु नभएसम्म बाटो नखुलाउने अडान लिए ।

अनि स्थानीयले नारा लगाउन थाले- बाहाना बनाउन पाइँदैन, पछि हट्न पाइँदैन, झुठो आश्वासन मान्दैनौं… ।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 1 Minute 1336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार