२०७९ जेष्ठ ४ बुधबार

नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार नै राप्रपा प्रवेश

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विभिन्न दल परित्याग गरी प्रवेश गर्ने क्रम बढ्दो छ। पार्टीको केन्द्रिय का र्यालय धुम्बाराहीमा एक कार्यक्रमका बिचमा भक्तपुर चाँगुना रायण

नगरपालिका वडा नम्बर ७ का नेकपा माओवादी केन्द्र स्थानिय चुनाब वडा अध्यक्ष उम्मेदवार श्याम कृष्ण श्रेष्ठ ‘नायजु’सहित २० जना राप्रपामा प्रवेश गरे।नवप्रवेशीहरुलाई स्वागत गर्दै राप्र पाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने,

” हामी सबै मिलेर देश बनाउने, बचाउने जिम्मेवारी पुरा गर्नुछ । यसमा तपाइहरुको सक्रिय सहभागिता रहने बिश्वाश लिएको छु। तपाइहरुको यो बिश्वास मर्न दिने छैन,

कुठाराघात गर्ने छैन। तपाइहरुले सहज ढंगबाट काम गर्न पाउने बातावरण बनाउनेछु।”

श्रेष्ठसंगै माओवादीबाट प्रवेश गर्नेमाश्रेष्ठसंगै माओवादीबाट प्रवेश गर्नेमा माओवादी केन्द्र वडा सल्लाहकार गौतम का,,फ्ले, वडा पार्टी सचिब भरत प्रसाद काफ्ले, सानो भाइ गुरुङ, घनश्याम काफ्ले छन।

यस्तै दिनेश खड्का, बिदुर लामिछाने, राम गुरुङ, कर्म गुरुङ रहेका छन। पार्टी प्रवेश गर्नेहरुमा कांग्रेस तरुण दल वडा सचिब सबिन कार्की र एमालेबाट उमा कार्की, रमा कार्की, कल्पना गि रि रहेका छन।

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 0 Minutes 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार