
११ चैत, काठमाडौं । विदेशबाट हवाईमार्ग हुँदै नेपाल आ,,उने यात्रुले अब सीसीएमसीसी अ नलाइन फारम भर्नु नपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बिहीबार यस्तो निर्णय भएको जानकारी गराए ।
शुक्रबार गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको २४ औं वार्षिक साधारणसभाका अवसरमा आयोजित का,,र्यक्र,ममा सचिव न्यौपानेले यस्तो जानकारी गराएका हुन् ।
‘म तपाईंहरुलाई एउटा खुसीको कुरा शेयर गर्न चाहन्छु,’ पर्यटन व्यवसायीहरुसँग उनले भने, ‘व्यवसायीले निकै झन्झट बेहोर्नु परेको भनि आएको गुनासो सरकारले सम्बोधन गरेको छ ।’
सचिव न्यौपानेले विदेशी मुद्रा आर्जन गर्न पर्यटनको ठूलो महत्व हुने भन्दै सरकारले पनि विशेष महत्व दिने बताए । ‘अब पर्यट नका माध्यमबाट गाउँगाउँले लाभ लिनुपर्छ,’ उनले भने, ‘सरका रले पनि यस्तै नीति लिएको छ ।’
कोरोना भाइरसको महामारीसँगै सरकारले नेपाल आउने सबै यात्रुले अनलाइन फारम भर्नुपर्ने नियम ल्याएको थियो । यसले यात्रुको ट्रयाकिङ गर्न सघाउ पुग्ने अपेक्षा गरिएको थियो ।
तर, कोरोना महामारी फैलिएसँगै ट्रयाकिङ गर्ने काम समेत सफल हुन सकेको थिएन । तर, झन्झट भने कायम रहेको भ न्दै व्यवसायीले हटाउन माग गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।