
मलङ्वा : सर्लाहीको इश्वरपुर नगरपालिका-६ बयलबास बजारमा बाटोको विषयमा वि,वाद हुँदा दुई पक्ष,बीच झ,डप भएको छ। झ,डपमा परेर जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् सर्लाही क्षेत्र नं. १ का संघीय सांसद प्रमोद साह घा,इते भएका छ्न्।
सांसद साहको टाउ,को र पिठ्युमा ग,म्भीर चोट लागेको छ । गम्भीर घा,इते भएका साहको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बाटो विस्तार गर्ने क्रममा बाटो छेउमा रहेको फुलजोर युवा क्लबको भवन भ,त्काइएको थियो ।
बाटोको सीमांकन भइ सकेपछि बाँकी रहेको जमिनमा क्लबको भवन बनाउनुपर्ने युवाहरुको माग रहेको छ । तर सांसद साहले भत्केको क्लबको भवनलाई त्यस ठाउँमा नबनाई अर्को ठाउँमा बनाउनुपर्ने भनेपछि युवाहरु आ,क्रोशित बनेका हुन्।
सांसद साहले आफ्ना समर्थक लिएर बजारमा प्र,दर्शन गर्न जाँदा युवाहरु आ,क्रमणमा उत्रेका थिए । घट,नामा साहको सुरक्षागार्ड असइ विनोदप्रसाद यादवलाई समेत कु,टपिट भए को छ ।
यादवको साथमा रहेको पेस्तोल र ७ राउन्ड गोलीसमेत युवाहरुले खोसेर लगेको यादवले बताएका छ्न् ।
युवाहरुले एउटा भारतीय स्करपियो र करिब १ दर्जन मोटरसाइकल समेत तो,डफोड गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।