२०७९ जेष्ठ २ सोमबार

यस्तो छ सांसद गंगा चौधरी रोएको भा,इ,रल भिडियो (हेर्नुस भिडिओ)

काठमाडौं – पछाडिको पीडादायी अन्तरकथा फेसबुक, टिकट क, ट्वीटर लगायतका सामाजि क सञ्जालमा यतिबेला प्रतिनि धि सभाकी एमा ले सांसद गंगा चौधरीको १६ सेकेन्डको एउटा भिडियो क्लिप भाइरल भइरहेको छ । सो भिडि योमा सांसद चौधरीको पृष्ठभूमिमा दुई महिला सावेलले गिटी बालुवा खनिरहे को देखिन्छ ।

सांसद चौधरीले भिडियोमा एक वाक्य बोलेकी छिन्– ‘दिदी बहिनीहरुको यस्तो अवस्था देख्दा खेरी धेरै भावुक बनाउँछ ।’ भनेर उनी आँसु पुस्छिन् । उनले आँसु पुछेको दृश्य सुरु भए पछि कसैले भिडियो सम्पादन गरेर हाँसो वा मजाक को ‘इफे क्ट’ हा,,लेको छ, जुन भिडियो उनले चुनावका लागि रोए,,र नाटक गरेको भन्दै भाइरल

बनाइएको छ सामाजिक सञ्जालहरुमा कति पयले उनलाई चुनाव आउन लागेकोले नाटक गरेको भनेर हँस्सीमजाक गरेका छन् । कतिप यले अभिनय कलामा अब्बल रहेको समेत टिप्प णी गरेका छन् । तर सांसद चौधरीको पछाडि को दृश्यमा देखि एका दुई महिलासँग उनको जी वनका धेरै सुख दुःख र अनेक पीडाहरु गाँसिए का छन् ।

खासमा उनीहरु अरु कोही अपरिचित महिला नभई एउटै गर्भ बाट जन्मिएका दिदी बहिनी हुन् । पार्टीको कामको सिलसिलमा हालै धनगढी पुगेका बेला उनले आफ्नै माइली दिदी र कान्छी बहिनीलाई निर्माण मजदुरको रुपमा काम गर्दै गरेको अवस्थामा भेटिन ।

दिदी बहिनीलाई कार्यक्रम स्थलमा बोलाएर कुरा गर्न नपाएपछि उनी आफै उनीहरुले गरिरहेको स्थलमा पुगेकी थिइन् । दिदी बहिनीले विगतदे खि हालसम्म जीवनमा पाएका दुःखहरु सम्झेर उनी भावुक भएकी थिइन् ।

उनीहरुसँग छुट्टिने बेला सेल्फी फोटो खिच्दा भिडियो खिचिए  को र असावधानीका कारण टिकटकमा अपलोड हुँदा त्यसलाई बिगारेर आफ्नो मजाक उडाइएको भन्दै उनले गुनासो गरिन् । रातोपाटीसँग कुरा गर्ने क्रममा पनि पटक–पटक रोएकी सांसद चौधरीले आफ्ना दिदीबहिनीका दुःखका कुराहरु सुनाइन् ।

यस्तो छ सांसद चौधरीको भनाई जस्ताको तस्तै : उनीहरु मेरा आफ्नै दिदी बहिनी हुन् । मेरी जेठी दिदीको निधन भइसकेको छ । भिडि योमा देखिएकी एकजना मेरी माइली दिदी फूल कु मारी चौधरी हुन अर्की कान्छी बहिनी हिरादेवी चौधरी हुन् । म साइँली हुँ । उनीहरुका आफ्ना धेरै पीडाहरु छन् ।

म पार्टीको महिला संगठनको कार्यक्रमका लागि धनगढी पुगे पछि बहिनीलाई फोन गरेँ । बहिनीले हामी काम गरिरहेका छौँ दिदी भनिन् । उनीहरु लाई काम छोडेर आउ भन्दा उनीहरुको कामको ज्याला कट्टी हुन्छ । त्यसैले काम गरेकै ठा,उँमा उनी हरुलाई भेट्न गएँ ।

धनगढीमा सहकारीको भवन बनाउने ठाउँमा उनी हरु खाल्टो खनिरहेका थिए । मैले छुट्टिने बेलामा सेल्फी लिन लागेको थिएँ । भिडियो बने छ । त्यो बेला मेरा दिदी बहिनीले दुःख सम्झिँ दा आफूलाई थाम्न सकिन । मेरी माइ,,ली दिदी।लाई उनका श्रीमा नले छोडेर अलपत्र पारेर गए । उनको आफ्नै पीडा छ ।

अर्को कान्छी बहिनीको पनि श्रीमानले सौता हालेको छ । केही सम्पत्ति नभएकी बहिनीलाई अंश मुद्धा पनि हालेको छ । ज्याला मजदुरी गरेर तीनजना छोराछोरी पालि,,रहेकी छिन् । यस्तो अवस्था देख्दा हरेक आमाको, हरेक दिदी बहि।नीको आँखामा आँशु आउँछ ।

मिडियाले त के–के बनाउँदो रहेछ के–के । मिडिया भनेको कति फटाहा हुँदोरहेछ भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ । कान्छी बहिनी यति धेरै पीडामा छिन् कि हामी भेटेको बेला सँगै रो यौँ । श्रीमान र सौताले उसलाई दिनुसम्म दुःख दिएका छन् तर उनले अदालतबाट पनि न्याय नपाएको अवस्था छ ।

बहिनीको श्रीमानले अर्कैको २ बच्चा भएको महिला बिहे गरेर आफ्नै बच्चा भएको भन्दै बच्चालाई सम्पत्ति दावी गर्दै मेरी बहिनीलाई मुद्धा हाले । पछि कतार गएर पनि मेरी बहिनी लाई गाली गलौज गरेर सुखले बस्न दिएनन् ।

उसकी कान्छी श्रीमतीले मेरी बहिनीसँग अंश माग्दै वर्षौसम्म झगडा गरेर हैरान गरेकी छिन् । बहिनी १४ धुर ऐलानी जग्गामा बसेकी थिइन् । जग्गा मिलाउन मिल्छ कि भनेर उनले मसँग २० हजार कहिले १० हजार माग्थिन् ।

उनको श्रीमानले कतारबाट खाली तनाव मात्रै दिइरह्यो । पछि मैले बहिनीलाई जिल्ला अदाल तमा मुद्दा हाल्न लगाए । मुद्दा हालेपछि उनको श्रीमान विदेशबाट आयो । बहिनीले दुई वर्षस म्म अदालतमा मुद्दा लडिन् । एक त उनीसँग खान लाउनको ठूलो समस्या रहेको थियो । अर्कोतिर साना बच्चाहरुको ला लन–पालनको दुःख अर्को तिर सौताले तनाव दिइरहने अवस्था ।

पछि उसको श्रीमा,,नले धेरै ऋण लिएर ट्रक चलाउन थालेको थियो, प्रेसरले हानेर उ बिरामी पर्यो । त्यतिबेला म संविधान सभा सदस्य थिएँ । बहिनीलाई पैसा पठाएर बिरामीलाई उपचारका लागि प्लेनमा ल्याउन लगाएँ । वीर अस्पतालमा भर्ना गरेर उपचार गराएँ । राम्रो गराएर अहिले मान्छे हिड्न सक्ने भएको छ । अहिले फेरि मेरी बहिनीलाई मारपिट गर्न थालेको छ ।

कान्छी बहिनी र माइली दिदी नजिकै बस्छन् । मेरी माइली दिदीलाई उसले आजभन्दा ठीक एक वर्षअघि लकडाउनको समयमा चिर्पटले टाउकोमा हानेर बेहोस बनायो । पुलिसले कोरो नाको समय भनेर उजुरी समेत लिएन । मान्छे मर्ने अवस्थामा पारेको बेला मैले पुलिसलाई फोन गर्दा समेत पुलिसले निवेदन दर्ता गरेन ।

ती दिदी बहिनी सुख–दुःख गरेर बसेका छन् । मलाई देखेपछि उनीहरु पनि रुन्छन् । तिनीहरु ले पाएको पीडाहरु सम्झेर म पनि रुन्छु । उनी हरुलाई सम्झँदा अहिले पनि मेरो आँखाबाट आँशु खसिरहेको छ । धनगढीमा पार्टीको महि ला संगठनको कार्यक्रम थियो ।

११ बजे कार्यक्रम थियो म १० बजे उनीहरुलाई भेट्न गएको थिए । सुख–दुःखको कुरा गर्न था लियो । उनीहरुले अब त मरेर गएपनि के भयो र झन् सुख पाइन्छ भने ।

उनीहरुलाई यति धेरै पीडा छ कि अदालतमा मुद्दा चलिरहेको छ । जहिले पनि पैसा छैन् के गर्ने भन्छन् । मैले कहाँबाट पैसा ल्याएर उनी हरुलाई दिउँ ? उनीहरुले दिनभरी मजदुरी गर्दा ५ सय रुपैयाँ पाउँछन् । त्यो पैसाले ३ जना बच्चालाई कसरी पाल्ने, के खुवाउने, कसरी पढाउने, आफू खाने कि बच्चालाई खुवाउने ? पीडा छैन र ?

मेरो बाबाले पढ्–पढ् भन्नुहुन्थ्यो, मेरो दिदी बहिनीले पढेनन् । मैले चाहिँ पढें अहिले यो ठाउँमा पुगेँ, आज मेरा दिदी बहिनीको यस्तो पीडा छ, तैपनि मैले सहयोग गर्न सकिरहेको छैन । म ठूलो पीडादायी अवस्थाबाट गुज्रिरहेको छु ।

अहिलेको परमादेशी सरकारका कार्यकर्ताले पीडामा रुन पनि नदिने रहेछन् । उनीहरुसँग छुट्टिने बेला सेल्फी खिचेको थिएँ । मलाई राम्रो सँग टिकटक चलाउन आउँदैन । त्यो टिकटकमा गएछ तर मैले हटाउन जानिन । अहिले त्यसलाई बिगारेर मलाई गाली गर्दा रहेछन् ।

बहिनीको छोराहरुलाई मैले पढाएर सहयोग गरिरहेको छु । उनीहरु मजदुरी गरेर दुःखले गुजारा गरिरहेका छन् । अहिले तपाईंसँग कुरा गर्दा उनीहरुको दुःख सम्झेर मेरो आँखा रसाइरहेको छ । म बाहिर हेर्दा जति कठोर देखिएपनि कसैको पनि पीडा देख्न सक्दिन ।

म चुनाव लड्छु लड्दिन मलाई थाहा छैन, मलाई कुनै नाटक गर्नुपनि छैन् । म मेरो दिदी बहिनीको दुःख देखेर रोएको हुँ । मैले मेरा दिदी बहिनीको दुःखमा रुन पनि नपाउनु ? आफ्नो मान्छेको पी डामा रुन पनि नपाउने, आफ्नो मान्छेको खुसी मा हाँस्न पनि नपाउने यो कस्तो हाम्रो संस्कार ?

२०७८ चैत्र १२, शनिबार प्रकाशित 1 Minute 1080 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार