२०७९ असार १३ सोमबार

भाईरल मुसी र कलौटेको “उड्यो मालचरा” गीत बन्यो एकाएक भाइरल …(भिडियो सहित )

केहि समय अघि मात्र टिकटकमा भाइरल मुसी र कलौटेको परिवार काठमाण्डौ आयका छन्। गाउ देखी शहर सम्म सारंगी बजाउदै सबै लाइ मनोरंजन दिदै आयका मुसी र कलौटेको जोडी को जिवन कहानी निकै दुखदायी छ। उनिहरुको पहिल्यै देखिको रहर काठमाण्डौ आयर गित रेकर्ड गर्नु थियो।

अहिले उनीहरुको उक्त सपना पुरा हुन गयको छ। अहिले को समयमा दर्शक स्रोताहरुको रुचाइ अनुसार गित संगीतहरु बजारमा सार्बजनिक भैरहेका छन्। बिभिन्न गित संगीतलाई पच्च्याउदै मुसी र कलौटेको आवाजमा पनि गित सार्बजनिक भयको छ।

मुसी गंदरर्भ , कलौटे गंदर्भ , मिलन गंदर्भ  को आवाजमा बहुप्रतिभाका धनि बीबी अनुरागिको लय तथा शब्द सिर्जनामा लोक दोहोरि गित जोडी परेवा २ “उड्यो मालचरा” बजारमा सार्बजनिक भयको छ।

जन्मैदेखि सारंगी खेलाउदै हुर्केका र गाउँबस्तीमा मिठा भाकाहरुमा आफ्ना स्वर लहरी छर्दै साँझ बिहानको छाक गुजारा गर्दै आएका मुसी कलौटे परिबारको लागी बिबी अनुरागी भगवान नै बनेका छन्, उहाले नै गर्दा मुसी र कलौटे दम्पतिले गीत रेकर्डिङ गर्न पाए भिडियो हेर्नुस –

 

थप समाचार – माथिल्लो सगरमाथा क्षेत्र भनेर चिनिने साेलुखुम्बु, ओखलढुङ्गा, खोटाङको मुख्य प्रवेशद्वारको रुपमा रहेको उदयपुरको कटारी नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ सञ्चालन गर्ने भएको छ ।

पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार पर्यटकीय सम्भावना बोकेको कटारी नगरमा प्याराग्लाइडिङको माध्यमबाट पनि पर्यटन प्रवर्द्धन गर्न लागिएको हो । त्यहाँ चार दिनअघि मात्र प्याराग्लाइडिङ्को सफल परीक्षण उडान गरियो ।

नगरपालिकाको वडा नम्बर ७ स्थित मर्जेतको ७५० मिटरको उचाइबाट २५० मिटर तल वडा नं. ५ को सिमसार क्षेत्र आसपासमा झर्नेगरी प्याराग्लाइडिङ्को परीक्षण गरिएको हो । सफल परिक्षणले पालिकाबासीलाई उत्साहित बनाएको छ । “हाम्रो परीक्षण सफल भयो” मेयर श्रेष्ठले भन्नुभयो “अब सम्बन्धित निकायबाट स्वीकृति लिएर व्यवसायिक ढङ्गले प्याराग्लाइडिङ सञ्चालन गर्ने सोच छ ।”
परीक्षणका क्रममा प्याराग्लाइडिङ उडानको अनुभव गरेका मेयर श्रेष्ठले कटारीलाई माथिबाट राम्ररी अवलोकन गर्न पाउनुभयोे । कटारी बजार क्षेत्रलाई सुन्दर सहर, आसपासको खोला–नदी, सडक सञ्जाल, सिमसार क्षेत्र, हरियाली बनपाखा र गाउँबस्तीको सुन्दर दृष्य देखिएको उहाँले बताउनुभयो । प्याराग्लाइडिङ एक शाहसिक काम भएको र उडेर नौलो अनुभूति गर्न पाएको उपमेयर भिमकुमारी राउतले बताउनुभयो ।

प्याराग्लाइडिङ्गका पाइलट दिलकुमार सुनुवारका अनुसार कटारी क्षेत्रमा प्याराग्लाइडिङ्गको सम्भावना राम्रो देखिएको छ । प्याराग्लाइडिङको लागि उपयुक्त वातावरण र भूगोल रहेको सुनुवारको भनाइ छ । द बाबु एडभेन्चर ईन्टरनेसनल स्कुल स्याङ्जाका प्रशिक्षकहरुले उडान भरेका हुन् ।

कटारीलाई हिमाली भेग र नजिकमा पर्ने जिल्लाहरु साेलुखुम्बुुु, ओखलढुङ्गा, खोटाङलगायतको मुख्य प्रवेशद्वार मानिन्छ । ती जिल्लाका पर्यटकीय गतिविधिसँग कटारीको सडक सम्बन्ध रहेको छ । यसै कारणले पनि पर्यटकहरुको आकर्षण र प्याराग्लाइडिङको व्यावसायिक सम्भावना त्यहाँ देखिएको छ ।

प्याराग्लाइडिङसँगै त्याहाँ जीपलाइन सञ्चालनका लागिसमेत परीक्षण सुरु गरिएको छ । गडी पर्यटन विकास समितिका अध्यक्ष सूर्य तामाङ्का अनुसार प्याराग्लाइडिङ्सँगै जीपलाइन पनि सञ्चालनका लागि परीक्षण सुरु भएको हो ।

उदयपुरको बेलका नगरपालिकामा पनि प्याराग्लाइडिङको सफल परीक्षणपछि बेलाबेला सञ्चालन भइरहेको छ । रौतामाई गाउँपालिकाले पनि प्याराग्लाइडिङ परीक्षण गर्ने जनाएको छ ।

 

 

२०७८ पुष १६, शुक्रबार प्रकाशित 1 Minute 275 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?