२०७९ जेष्ठ ६ शुक्रबार

भरतपुरका कांग्रेसले रेणु दाहाललाई भोट नहाल्ने

भरतपुरका कांग्रेसले ७४ को स्थानीय चुनाव र त्यस लगत्तैको संसदीय चुनावमा रुखमा भोट हाल्न नपाएको भन्दै उनले १० वर्षसम्म रुखमा भोट हाल्न नपाउँदा चितवनमा कांग्रेस छिन्न भिन्न हुने खतरा रहेको उनले बताए ।

विगतका दुई वटा चुनावमा माओवादीलाई समर्थन गरेकाले अब माओवादीले कांग्रेसलाई समर्थन गर्नु पर्ने चिवनका कांग्रेस कार्य कर्ताको माग रहेकाले सभापतिले यो कुरा सुन्नु पर्ने गुरुङले बताए ।‘

फेरि पनि रेणु दाहाललाई भोट हाल्नु पर्ने भयो भने चितवनका जनताले भोट हाल्दैनन्,’ सानेपामा पत्रकारसित कांग्रेस केन्द्रीय सदस्य गुरुङले भने, ‘रेणुले हार्छिन ।’

आफू गठबन्धनको विपक्षमा नरहेको भन्दै उनले गठबन्धनका नाममा चितवनका कांग्रेसले फेरि पनि माओवादीलाई भोट हाल्ने वातावरण पार्टी नेतृत्वले बनाउन नहुने उनले बताए ।‘

६० हजार मत भएको ठाउँमा पनि मतपत्र च्यातेर जिताउनु परेको तपाईंहरुलाई थाहा छँदै छ’,

७४ को स्थानीय चुनावको प्रशंग निकाल्दै उनले भने, ‘फेरि पनि रेणुलाई समर्थन गर्ने हो भने चितवनमा कांग्रेसले सहयोग गर्दै न’, उनले भने ।विगतमा चितवनका चार क्षेत्र नै जितेको,

तत्तकालीन सभापति सुशील कोइराला चितवनबाट चुनाव जितेर प्रधानमन्त्रीसमेत भएको भन्दै उनले सानेपामा पत्रकारसित भने,

‘चितवनमा कांग्रेस कमजोर हैन, तर केन्द्रबाट कमजोर बनाइएको छ ।’ गण्डकी छड्के बाट

२०७८ चैत्र १३, आईतवार प्रकाशित 0 Minutes 748 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार