
नुवाकोट / स्कुले जीवनदेखि नेकपा एमाले सवद्ध विद्यार्थी संगठनमा आवद्ध भएर राजनिति सुरु गरेका नुवाकोट बेलकोटगढी ९ का अभिषेक तामाङले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आफु वडा अध्यक्षको उम्मेदवार हुने घोषणा गरेका छन् ।
लामो समयदेखि राजनितिमा सक्रिय भएका उनि कोरोना महामारीको समयमा राहत बितरण लगायतका सामाजिक कार्यमा समेत सक्रिय थिए । उनले संघसंगठन माध्यमबाट विद्यार्थी, युवाहरुलाई समाज परिवर्तन र देश बिकासमा लाग्न प्रेरित समेत गर्दै आएका छन् ।
युवा बिकासको सम्बाहक भएकोले स्थानीय सरकारमा युबाको सहभागिता गराई आफ्नो वडालाई बिकास र परिवर्तनमा देशकै नमुना वडा बनाउने उनको महत्वाकांक्षी योजना रहको छ ।
समाजमा बिद्यमान सामाजिक भेदभाव, कुसंस्कार, अशिक्षा, अव्यवस्थित बसोबासमा परिवर्तन गर्ने, मौलिदै गएको बिदेश पलायनबाट युबाहरुलाई रोकि गाउँमै रोजगारको अबस्था सिर्जना गर्न अवको नेतृत्व युवालाई सुम्पनुपर्ने उनको बुझाई छ ।
त्यसैले यी सबै परिवर्तनको लागि बेलकोटगढी ९ मा अब आउने स्थानीय निर्वाचनमा वडा अध्यक्षको लागि आफ्नो दाबी रहेको उनेले घोषणा गरेको छन् ।
स्नातक उत्र्तिण उनि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको बागमती प्रदेश कमिटी सह सचिब समेत हुन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।