२०७९ जेष्ठ २ सोमबार

बिबेकशिल साझा पार्टीको दुई पक्षीय कार्यकर्ता पत्रकार सम्मेलनमै भयो ठूलो झ,डप स्थिति तना,वग्रस्त (भिडिओ हेर्नुस)

काठमाडौं – विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार दुई पक्षबीच तनाव भयो। सुसंस्कृति राजनीति गर्ने बताएको पार्टीका नेता तथा कार्यकर्ताहरू पार्टी कार्यालयभित्र एकअ र्काविरू,द्ध प्रदर्शनमा उत्रिए, जसले गर्दा बखुन्डोलस्थित कार्यालय अनिश्चितकालीन बन्द गर्नुपरेको छ।

अध्यक्ष रवीन्द्र मिश्र र संगठन विभाग प्रमुख निर्देश सिलवाल पक्षबीच पार्टी कार्यालयमै धकेलाधकेलको अवस्था सिर्जना भएको थियो।पार्टीका प्रदेश इन्चार्ज र प्रदेश संयोजकलाई शुभकामना दिन कार्यक्रम गर्ने भनेकै बेला जुधाएर असन्तुष्ट (सिलवाल) पक्षले पत्रकार सम्मेलन गर्न लागेको थियो।संगठन विभाग प्रमुख निर्देश शिलवाल।

सिलवाल पक्षले गुट भेला अन्यत्र गर्ने गरेको तर पत्रकार सम्मे लन भने पार्टी कार्यालयमा गर्न लागेको भन्दै अध्यक्ष मिश्र पक्ष ले अवरोध गरे। त्यसपछि दुबै पक्षले एकअर्काविरूद्ध गुट राजनी ति गरेको भन्दै प्रदर्शन गरे।

संगठन विभाग प्रमुख सिलवाल पक्षले पत्रकार सम्मेलन गरि छाड्ने अडान लिएपछि पार्टी कार्यालयले आज गर्ने कार्यक्रम स्थगित गरेको थियो। कर्मचारीबाहेक अरूलाई अर्को निर्णय नहु न्जेलसम्म पार्टी कार्यालय बन्द रहेको सूचना समेत कार्यालयले जारी गर्नु परेको थियो।

कार्यालयले उक्त सूचना जारी गरेपछि प्रहरीले दुबै पक्षलाई पार्टी कार्यालयबाट बाहिर निकालेको थियो। प्रहरीले पत्रकारहरूलाई पनि कार्यालय हाताबाहिर पठाएको थियो।

भिडिओ:पार्टीले लिने नीतिमा विवाद हुँदा पछिल्लो समय विवे कशील साझामा असन्तुष्टि बढ्दो छ। कतिपय नेताले पार्टी छाडे का छन् भने कतिपयलाई पार्टीको कार्यसम्पादन समिति बैठक बाट केन्द्रीय सदस्य हटाइएको छ।

आइतबार बसेको केन्द्रीय समिति बैठकमा संगठन विभाग प्रमुख सिलवाल पक्षले अध्यक्ष रवीन्द्र मिश्रसँग राप्रपासँग पार्टी एकीकरण गर्न लागेको र केन्द्रीय समितिमा अल्पमतमा परेको बारे जवाफ मागेका थिए। तर मिश्रले त्यसबारे अहिले नबोल्ने भन्दै बैठक टुंग्याएका थिए।

यसपछि पार्टीमा विवाद बढ्दै जाँदा आज तना वको स्थिति सिर्जना हुन पुगेको हो। यसबीचमा कार्यसम्पादन समितिबाट इन्चार्ज र प्रदेश संयो जक तोकिएकोमा पनि असन्तुष्ट पक्षले विरोध गरिराखेको थियो।संगठन विभाग प्रमुख सिलवा लले अध्यक्ष मिश्रसँग केन्द्रीय समितिमा बहुमत नभएको दाबी गरे। अध्यक्ष मिश्र अल्पमतमा परेको जानकारी निर्वाचन आयोगमा सोमबार दिइसकिएको उनले बताए।

‘हामीले सूचनाको हक प्रयोग गरेर विवेकशील साझामा कति केन्द्रीय सदस्य छन् भनेर मागेका थियौं। १६३ जना आधिका रिक रूपमा केन्द्रीय सदस्य हुनुहुँदो रहेछ,’ सिलवालले भने, ‘अध्यक्ष मिश्रले ८२ जना केन्द्रीय सदस्य देखाउन सक्नु पर्‍यो। केन्द्रीय समितिमा हामी बहुमतमा छौं।’

विवेकशील साझामा अहिले उत्पन्न परिस्थितिको अर्को कारण पार्टी एकताको चर्चा पनि हो। विवेकशील साझा र राप्रपाबीच एकीकरणका प्रयास भइरहेका खबर आएका छन्।

‘अहिलेको समस्याको जड भने विवेकशील साझालाई राप्रपाक रण गर्ने कि नगर्ने भन्ने हो,’ उनले भने, ‘हामी राजावादी हुन सक्दैनौं, विवेकशील साझालाई राप्रपामा विलय हुन दिन्नौं।’

उनले वैकल्पिक राजनीतिलाई राप्रपाकरण नगरिने बताए।

‘कुनै पनि हालतमा राप्रपासँग एकीकरण हुँदैन। अध्यक्ष प्रवेश गर्न सक्नुहुन्छ,’ उनले भने, ‘राप्रपा सँग पार्टी मिलाउन लागेको बारे केन्द्रीय समितिमा जवाफ माग्दा अध्यक्ष बोल्न चाहनुभ एन।’

उनले पार्टीभित्र आफूहरू बहुमतमा रहेको दाबी गरेका थिए।

‘विवेकशील साझाको आधिकारिक पक्ष हामी हौं,’ उनले भने, ‘निर्वाचन आयोगले छानबिन गर्दैछ। हामी बहुमतमा छौं।’उनले पार्टीभित्रका विवाद समाधान गरेर स्थानीय चुनावमा तराजु चिन्हसहित जाने, महाधिवेशन गर्ने पनि बताएका थिए।

‘पार्टीमा अहिले असहमत भएकाहरूलाई पनि गोलबन्द गर्छौं,’ उनले भने, ‘तराजु चिन्हबाहेक कसैलाई हलो चिन्हमा उठ्न मन छ भने उठ्न सक्छन् तर हामी पार्टी एकीकरण हुन दिँदैनौं।’

अध्यक्ष मिश्र राप्रपासँग मिल्न लागेकोले समर्थन गर्न नसकि एको सिलवालले बताए। आफूहरू सँग बहुमत केन्द्रीय सदस्य, जिल्ला अध्यक्षहरू र सदस्य रहेको दाबी उनको थियो।

पार्टीका प्रवक्ता शरदराज पाठक भने राप्रपासँग मिल्न लागेकोबारे प्रमाण देखाउनु पर्ने बताउँ छन्।

‘आज प्रदेश इन्चार्ज र संयोजकलाई शुभकामना दिन कार्यक्रम गर्न लागेको बेला जुधाएर पार्टीमा विधिविधान नमान्ने अराजक समूहले कार्यक्रम गर्न खोज्दा केही तनाव भयो,’ उनले पत्रकार हरू सँग भने, ‘मुठभेड ल्याउने नियतले अभद्र र अमर्यादित ग तिविधि भएको छ।’यसअघि गत आइतबार केन्द्रीय समिति बैठ कमा पनि उक्त समूहले विधिविधानभन्दा पनि पाखुरा सुर्क्याएर धम्की दिन खोजेको आरोप उनले लगाए।

‘यो नियोजित क्रियाकलापको निरन्तरता हो। डर र त्रास देखा उन आज बाहिरका मानिससमेत पार्टी कार्यालयमा ल्याउनु दु:खद हो,’ उनले भने, ‘उदार लोकतान्त्रिक चरित्रको पार्टी बनाउने भने को केही साथीहरूमा विकृत वामवादी सोच देखिएको छ।’

उनले यस्ता घटनाबाट पार्टी विचलित नभएको बताए। ‘हामी विचलित भएका छैनौं। यस्तै उता रचढावबाट पार्टी माथि उठ्ने हो,’ उनले भने, ‘गुटका क्रियाकलाप गर्न पाइँदैन।’पार्टीले लिने विचारमा मतभेद भई विवाद हुँदा विवेकशील साझाले तत्काली न संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको थियो।

अध्यक्ष मिश्र पक्ष एकलौटी ढंगले अघि बढ्ने गरेको असन्तुष्ट पक्षको आरोप छ भने मिश्र पक्षधरले सबै निर्णय विधानअनुसार हुने गरेको दाबी गर्ने गरेका छन्।

यसैबीच पार्टीबाट निस्कासनमा परेका तत्काली न विवेकशील साझाका संयोजक मिलन पाण्डेले पार्टी कार्यालयमा आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई रोक लगाएकोमा अध्यक्ष मिश्रको आलोचना गरेका छन्।

‘आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरू लाई पार्टी अफिस मा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे। यो उनको अर्को अलोक तान्त्रिक कदम हो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘साथीहरू, रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिटलर हुन्। म मिश्रको यो कदमको घोर भर्त्सना गर्छु। पार्टी अफिस मिश्रको पेवा होइन।’

२०७८ चैत्र १५, मंगलवार प्रकाशित 1 Minute 478 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार