
झापाका मेडिकल व्यवसायी तथा नेकपा एमाले का केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरमा तर कारी बजार सञ्चालनमा ल्याएका छन्। सूर्यवि नायक नगरपालिका-८ को ५० रोपनी जग्गामा प्रसाईंले तरकारी बजार सञ्चालनमा ल्याएका हुन्।
पसलको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। मंगलबार पत्रकार सम्मे लन गरी प्रसाईंले दुई अर्ब रुपैयाँभन्दा बढी लगा नी गरेर तरकारी बजार सञ्चालनमा ल्याएको बताए।तरकारी पसलमा ४४ सय जनाले प्रत्यक्ष रोजगारी पाउने प्रसाईंले बताए।
तरकारी पसलको जग्गा प्रसाईं आफैंले खरिद गरेका हुन्।
तरकारीमा बिचौलियाको अन्त्य गरी किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको प्रसाईंले बताए।
तरकारी बजारको औपचारिक उद्घाटनको कार्यक्रम बुधबार राखिएको छ। उक्त बजारको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने प्रसाईंले बताए।
तरकारी बजारको निर्माण २०७५ सालबाट सुरू गरिएको थियो। कोरोना महामारीका कारण काममा बाधा परेकाले सञ्चालनमा ल्याउन केही ढिलो भएको उनले बताए।
‘कृषि कार्यका लागि हामीले कतै पनि अनुदान लिएका छैनौं, आफ्नै लगानीमा मात्रै आधारित भएर तरकारी बजार सञ्चाल नमा ल्याइएको हो,’
प्रसाईंले भने, ‘यहाँ देशभरिबाट तरकारी आउँछ, कृषकको हितलाई ध्यानमा राखेर बजार स्थापना गरेको हुँ।’
छ महिनाअघि माओवादी छोडेर नेकपा एमाले मा आएका उनलाई ओलीले केन्द्रीय समितिमा मनोनित गरेका थिए। उनी एमालेको उद्योग विभागका उपप्रमुख छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।