२०७९ असार १२ आईतवार

जी-बब : मनमौजी दुनियाँमा हराइरहेको एक र्‍यापर, कस्तो छ जि–बबको फ्रिस्टाइल कथा ? (भिडियो)

सहरको कुनै गल्लीमा ‘र्‍याप ब्याटल’ हुँदैछ । अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले यसको बन्दोबस्ती मिलाएको छ । उसले सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ, विजेतालाई एक लाख रुपैयाँ पुरस्कार दिइनेछ ।

नगदको मोहले भन्दा पनि ‘दुर्लभ प्लेटर्फम’को गुरुत्वबलले ठिटाठिटीलाई तानेको छ । त्यहाँ यस्ता पुस्ता झुम्मिएका छन्, जसको प्रतिभालाई समाजले कुनै ‘भाउ’ दिंदैन । त्यसैले उनीहरुलाई आफ्नो समाजसँग गुनासो छ । गुनासो छ, आफ्नो घरपरिवारसँग । गुनासो छ, आफैसँग ।

उनीहरूको मनभित्र आगोको राप छ, तुफानी बेग छ । त्यो गुनासो, कुष्ठा, आवेग, पीर, निराशा उनीहरु स्वच्छन्द ओकल्न चाहन्छन् । त्यो पनि काव्यिक पारामा । यही नै उनीहरुको अभिव्यक्तिको मौलिक भाषा हो । यही नै उनीहरुको जीवनको व्याकरण पनि ।

त्यही भीडमा मिसिन आइपुग्छन्, एक लिखुरे केटो । नाम, सुदीप भण्डारी । उमेर २१ वर्ष ।

उनी भीडको माझमा उभिन्छन् । सम्मुखमा निणर्ायक छन् । अघिल्तिर प्रतिद्वन्द्वी । यी दुईबीचको घम्साघम्सी हेर्न रमितेहरु उत्सुक छन् । सुदीपको हातमा माइक थमाइदिंदै सञ्चालक भन्छन्, ‘ल फस्ट राउन्ड ..। सुदीप, लेट्स गो ।’

‘यो .. फुच्चे यहाँ आएर आज किन जंगिरा

डोङ दाइले जी-बब भन्नुपर्ने सुदीप पो भन्दिरा ।’

एकै झड्कामा उनी सञ्चालकको गल्ती समाउन र प्रतिस्पर्धीमाथि ‘फ्रिस्टाइल’मा धावा बोल्न भ्याउँछन् । र्‍याप ब्याटलमा ‘फ्रिस्टाइल’ खास मानिन्छ । ठाउँको ठाउँ तोडिलो शब्द गठन गरेर प्रतिद्वन्द्वीको झाँको झार्ने खुबी हो यो । यसरी र्‍याप संगीतको मनमौजी संसारमा शानदार उदय हुन्छ, जी-बबको ।

त्यो आत्मविश्वास । त्यो तेज र आक्रामक शब्द गठन । त्यो अविछिन्न रचना शिल्प । त्यो विनोदपूर्ण शैली । उनको उपस्थिति र प्रस्तुति यति जोडदार हुन्छ, रमितेहरू हेरेको हेर्‍यै ।

प्रतिस्पर्धी ‘सिरुपाते’ले उनको जुत्ता र माइक समाउने ढंग नभएको भन्दै कटाक्ष गर्छन् । त्यसैको सेखी झार्दै जी-बब फ्रिस्टाइलमा जवाफ फर्काउँछन् ।

‘यो फुच्चे मसँग ब्याटल खेल्न साँच्चै डराउँछ

जुत्ताको कुरा गर्छ

यो जुत्ता बेच्यो भने, भाइ तेरो घर आउँछ ।’

चुपचाप आउँछन् । बाजी जित्छन् । र, उसैगरी त्यो कोलाहाल र भीडबाट कतै आलाप हुन्छन् । तर उनको धारिलो शब्दहरुले त्यहाँ कम्पन छाड्छ । उनी को हुन् ? कहाँबाट आए ? कता गए ? उत्सुकता जाग्छ ।

स्थायी बसोबास, गोदावरी । पुरख्यौली थलो, गोरखा । सामान्य पारिवारिक पृष्टभूमि । उनले ब्याटलकै क्रममा एक ठाउँ भनेका छन्, ‘१२ त कलेज नगई पास भा’को ।’ विन्दास तर बि्रलियन्ट छन् । विज्ञानका विद्यार्थी । इन्र्फमेसन टेक्नोलोजी (आईटी)मा स्नातक गरिरहेका ।

सडक-कवि । रचनात्मक दिमाग चलायमान छ, हरक्षण । आकांक्षा छ कलाकार बन्ने । सुदीप भण्डारी उर्फ जी-बब ।

चर्चित कथावाचक साइग्रेस पोखरेल आफ्नो एक भिडियो शृंखलामा जी-बबको चर्चा गर्दै भन्छन्, ‘उनले चयन गर्ने शब्दमा बुढापाकाले प्रयोग गर्ने शब्द भेटिन्छन् भने समकालीन युवाहरुले प्रयोग गर्ने लवज पनि भेटिन्छ । जवाफ फर्काउनमा माहिर देखिन्छन् । कुल मिलाएर जी-बब साहित्य, संगीत र र्‍यापका एउटा प्याकेज हुन् ।’

एएनटीएफको पहिलो, दोस्रो, तेस्रो राउन्डमा उनको अपराजित यात्रा अघि बढ्छ । निर्णयकहरुको मन पगालेका छन् । आफ्ना प्रतिद्वन्द्वीको मुटु हल्लाइदिएका छन् । सिनियर र्‍यापरहरु भनिरहेका छन्, ‘अब पालो जी-बबको ।’

यस्तैमा उनको अर्को र्‍याप ब्याटल सार्वजनिक हुन्छ, युट्युबमा । प्रतिद्वन्द्वी माइलासँगको ब्याटलमा उनले छाडेका चोटिलो पंक्ति हावाको बेगसरी सर्वत्र फैलिन्छ ।

‘मिलने लेबल तेरो बाउ बोला ए

तेरो क्रु तेरो गाउँ बोला ए

सिक्न आइज तेरो बाउकोमा ए

बगाइसक्यो तेरो नाउ खोलाले…।’

जी-बबको प्रतिभाबाट निर्णायक जति उत्साहित छन्, उनको कुलतबाट उत्तिकै आजित पनि । यतिबेला सोसल मिडियामा यस्ता केही भिडियो फुटेज सार्वजनिक भएका छन्, जसले जी-बबको भित्री कथा कति दुःखदायी छ भन्ने छर्लङ्ग पार्छ
रात्रिक्लबको डान्स फ्लोरदेखि टिकटकसम्म यसले उधुम मच्याउँछ । युट्युब ट्रेन्डिङमा छाउँछ । किशोरपुस्ता यी पंक्तिहरुसँग यसरी रमाउँछन्, मानौं यसमा उनीहरुको भावना अभिव्यक्त भएको छ । अन्ततः रातारात जी-बब ‘भाइरल’ हुन्छन् ।

एनएनटीएफ फाइनल भिडन्तको तारतम्य मिलाउन थाल्छ । किशोरपुस्ता अधैर्य पर्खाइमा छन्, अन्तिम चरणको ब्याटलको लागि । खासगरी जी-बबको लागि । काठमाडौंको कुनै अनाम गल्लीमा हुने र्‍याप ब्याटल हेर्न दूरदराजका युवाहरु पनि उत्सुक छन् । तनहुँबाट बस चढेरै कति त काठमाडौं आइपुग्छन् ।

तर सहरबाट एकाएक जी-बब गायब छन् ।

उनी कहाँ गए ? थाहापत्तो छैन । के गर्दैछन् ? कसैले भेउ पाएको छैनन् । यसबीचमा अनेक हल्ला-अपवाह चल्छ । जी-बबलाई कसैले लुकाए, कसैले बन्धक बनाए । यसको सोझो दबाब पर्छ, एनएनटीफ अर्थात् आयोजकमाथि ।

जसै उनी एकपछि अर्को चरण अविछिन्न रुपमा र्‍याप ब्याटल जितिरहेका हुन्छन्, आफैंसँग भने हारिरहेका हुन्छन् । खासमा लागुऔषधको लतले उनलाई भित्रभित्रै निचोर्दैछ । उमेरले २१ वर्ष ननाघेका उनले बितेको पाँच वर्षदेखि यसको तलतल मेटिरहेका रहेछन् । निर्णायक सुरेन्द्र गुरुङ ‘हाकिम दाइ’ चेतावनी दिन्छन्, ‘जी बब त अलवेज पि|mस्टाइल खाले केटो । तर गोदावरीको केटाहरु को-को छ तिम्रो साथीहरू। अर्को पालि यस्तो थोपडा लिएर आयौं भने मा-कसम डिस्क्वालिफाइ गर्दिन्छु है ।’

जी-बबको प्रतिभाबाट निर्णायक जति उत्साहित छन्, उनको कुलतबाट उत्तिकै आजित पनि । यतिबेला सोसल मिडियामा यस्ता केही भिडियो फुटेज सार्वजनिक भएका छन्, जसले जी-बबको भित्री कथा कति दुःखदायी छ भन्ने छर्लङ्ग पार्छ । नसामा उनी चुर्लुम्म डुबेका छन् । उनको हरेक घडी अत्यासलाग्दो बेहोसीमा बितिरहेको छ ।

यस्तै एक भिडियो फुटेजमा उनी आफ्नो दुःखेसो पोख्दै प्रस्तुत हुन्छन् । आफूलाई कुनै व्यक्तिले बन्धक बनाउँदै ब्ल्याकमेलिङ गरिरहेको उनले खुलासा गर्छन् । एएनटीएफको एक भिडियो अन्तर्वार्तामा कोइच जीसँग जी-बब भन्छन्, ‘उसको र मेरो सम्बन्ध भनेको डिलर र युजरको रुपमा थियो । तर माइलासँग मेरो ब्याटलको भिडियो आएपछि उसलाई यो आर्टिस्टलाई अब मैले युज गर्नुपर्छ भन्ने लागेछ ।’ सोही व्यक्तिले पोखरा पुर्‍याएर तीन दिनसम्म नियन्त्रणमा राखेको जी-बबले बताएका छन् ।

पोखराको प्रहरीमा जी-बबले उजुरी गर्छन्, आफूलाई अपहरणमा पारेको भन्दै । भिडियो अन्तर्वार्तामा भनिएको छ, ‘उनीहरुलाई प्रहरीले सोधपुछ गरेर अबदेखि त्यसो नगर्न चेतावनी दिंदै छाडिएको छ ।’

त्यो घनचक्करबाट उनलाई उद्वार गरेर काठमाडौं ल्याइन्छ । र, सुधार केन्द्रमा राखिन्छ । जी-बब स्वयंले भनेका छन्, ‘फ्यानहरु, अब म आफैं रिह्याब जान्छु ।’

उनका प्रशंसकहरु चाहन्छन्, सुधार केन्द्रबाट जी-बब सद्दे भएर र्फकन्छन् । अनि र्‍याप ब्याटलबाट जीवनको सुनौलो अध्याय सुरु गर्नेछन् ।

तर अपेक्षा गरेजस्तो हुँदैन । फेरि पनि उनी कतै अलाप हुन्छन् । र्‍याप ब्याटलको अन्तिम भिडन्तमा जी-बब देखिंदैनन्, भेटिंदैनन् । जी-बबका प्रशंसकहरु आयोजकमाथि नै खनिन्छन् । जी-बबलाई लुकाएको भन्दै आरोप लगाउन थाल्छन् । आखिरमा जी-बबकी आमा फेसबुक लाइभमा आएर भन्छिन्, ‘नमस्कार । मेेरो छोरो फाइनल खेल्न आउन सकेनन्, शारीरिक अशक्तताको कारणले । छोरो जी-बबको तर्फबाट माफी माग्न चाहन्छु ।’

जसै एएनटीएफ फाइनलको तयारी गरिरहेका हुन्छन्, उता जी-बब सुधारकेन्द्रको झ्यालबाट हाम फालेर भाग्छन् । उनी गोरखा पुग्छन्, जुन उनको पुर्ख्यौली थलो हो । उनलाई खोज्दै एनएनटीएफको टोली रातारात गोरखा पुग्छ । एक भिडियो फुटेजमा हाकिम दाइ अर्थात् सुरेन्द्र गुरुङ र जी-बबबीच वार्तालाप भएको देखिन्छ । हाकिम दाइ भन्छन्, ‘तँलाई हामीले लुकाएर फाइनल खेल्न दिएन भन्ने आरोप छ । त्यहाँबाट कसरी हाम फालेर भागिस् ? …..तैले फाइनल मात्र खेलिदिएको भए हुन्थ्यो । त्यो दिन कति धेरै फ्यानहरु थिए थाहा छ ? जी-बब, जी-बब भन्नेहरु ।’

यतिबेला पनि जी-बब होसमा देखिंदैनन् । उनी केवल हाकिम दाइको कुरा सुनिरहेका छन् । हाकिम दाइ उनलाई लागुऔषध छाड्न सुझाव दिंदै भन्छन्, ‘अलि खान छाड् क्या बाबु, यमबुद्धको अर्को रुप हुन्छन् । तँ त सुपरस्टार भइसक्या छस् त, दुई-तीन वटा ब्याटलबाट ।’

कुलतले आफूलाई कसरी नष्ट गर्दैछ भन्ने सम्भवतः उनलाई बोध छ । र्‍याप ब्याटलकै क्रममा उनी यसबाट उन्मुक्ति खोजेको संकेत गर्छन् ।

‘बिस्तारै मिलिरा’छ जिन्दगीको हिसाब

सब कुरा सिकिरा म, घुमिरा’छ दिमाग ।’

जी-बब एक दुर्लभ प्रतिभा हुन्, र्‍याप संगीतको आलोकमा । अहिलेका जल्दाबल्दा र्‍यापरहरुले उनमा अनन्त सम्भावना देखेका छन् । समीर घिसिङ ‘भिटेन’ भन्छन्, ‘उसको लिरिकल पनि राम्रो छ । स्किलफुल छ । धार लागेको जस्तो छ हैन ।’

विद्रोहको आवाज र युवाको गीत

सन् १९८० को दशकमा हिपहप कल्चर सुरु भयो । यो स्वच्छन्दता र विद्रोहको प्रतीक थियो । केवल तन्नेरी-लहड मात्र थिएन ।

र्‍याप मिसाएर गाइने यो संगीत खासमा अफ्रिकन मूलका अमेरिकी अर्थात् काला जातिहरुले गाउँथे । उनीहरु गीतबाट विद्रोहको आवाज ओकल्थे । आफ्ना पीडा, दर्द, दुःख, अपहेलना र कुण्ठा पोख्थे ।

पछि गीतसँगै नृत्यमार्फत पनि उनीहरुले आफ्नो भडास निकाले । त्यसपछि फेसनबाट । उनीहरुको पहिरन स्वच्छन्द हुन्थ्यो, कुनै सूत्र नभएजस्तो । अर्थात्, जे जसरी लगाएपनि हुने । बस् आफूलाई सहज भए पुग्ने । त्यही पहिरनशैली कालान्तरमा हिपहप फेसनमा बदलियो । यसलाई काला जातिले मात्र होइन, सारा विश्वका युवाहरुले पछ्याए ।

-अनलाइन खबर बाट

२०७८ चैत्र १५, मंगलवार प्रकाशित 1 Minute 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?