
उदयपुर / मोडल तथा भ्लगर रेखा राईले उदयपुरको त्रियुगा नगरपालिका १० का विपन्न तथा अपाङ्गता भएका बालबालिकाहरु लाई सहयोग गरेकी छिन् ।
सोमबार त्यसक्षेत्रका अपाङ्गता भएका १० घरका बालबालिकाहरुलाई चामल, तेल, नुन, दाल लगायतका खाद्यन्न सहयोग गरेकी हुन् । यस्तै विपन्न परिवारका १६ जना बिद्यार्थीहरुलाई १६ दर्जन कापी, पेन लगायतको स्टेशनरी सामान तथा खेलाडीहरुलाई १ थान फुटबल प्रदान गरेकी हुन् ।
कार्यक्रममा त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खड्का, कलाकार, पत्रकार, जनप्रतिनिधि लगायत स्थानीयहरुको सहभागिता थियो ।मोडल राईले यसअघि पनि गरीब तथा विपन्न परिवारलाई सहयोग गर्दै आईरहेकी छिन् ।
समाजिक भावना भएकी राईले गरीब, विपन्न तथा अपाङ्गता भएका बालबालिकाहरुलाई आफुले सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताईन् । गरीब, विपन्न तथा अशक्त परिवारलाई सेवा भावले सहयोग गर्न उनले सबैलाई अपिल गरेकी छिन् ।
उदयपुरको त्रियुगा नगरपालिका १० स्थित बाबरी घर भएकी राई अहिले मोडलिङ क्षेत्रमा क्रियाशिल छिन् । साथै युटुबमा ‘रेखा राई अफिसियल’ नामको भ्गल पनि संचालन गरिरहेकी छिन् ।
–खुलासा डट कम बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।