२०७९ जेष्ठ ३ मंगलवार

रचना रिमालको नयाँ गीत सार्वजनिक ( भिडियो सहित )

पुर्वेली भाकाको मनछुने घुम्न जाउँला ईलाम कन्याम स्वर्ग जस्तै ठाउँ बोलको गीत सार्वजनिक भएको छ । यस गीतलाई अहिले की चर्चित गायिका रचना रिमाल र शुशिल भट्टराईले स्वर दिए का छन् ।

बिनोद गहतराजको संगीत तथा प्रेम चौँलागाईको रचना रहेको यो गीतले ईलामको सौन्दर्यताको बर्णन मात्र गरेको छैन बिभि न्न प्रसिद्ध ठाउँको बारेमा जानकारी समेत दिएको छ ।

यस गीतलाई राजु अधिकारीले संयोजन गरेका छन् । ईलामको बिभिन्न ठाउँको सुन्दर दृश्यहरु समाबेश गरिएको यस गीतलाई सुमन तामांगले निर्देशन गरेका छन् भने देबराज सिग्देलले छायाँ कनको काम गरेका छन् ।

गीतमा योगेन्द्र राई, जेनिसा गिरी, रोशित कर्मचार्य, प्रकृति केसी , शुशील भट्टराई, सेबिका कार्की, बिनोद गहतराज, सिर्जना ता मांग लगायतका कलाकारहरुको बेजोड अभिनय देख्न सकिन्छ ।

प्रेम आदित्य म्युजिक नामको युटुब बा भि यो गीत सार्वजनिक भएको छ ।

 

यो पनि ,,काठमाडौँ अभिनेत्री करिष्मा मानन्धरको नेकपा एमा ले प्रवेश गरेकी छन् । उनको यो कुराले त्यती चर्चा पाएन । तर जब उनको एउटा अभिब्यक्तिले भने सामाजिक सञ्जाल राम्रै संग तरंगित भएको छ । उनले आफ्नो नाम सुर्जे कुमारी हो भने र अभिब्यक्ति दिएकी थिइन् ।

भाषणका क्रममा दिएको त्यो अभिब्यक्तिका कारण उनी अहिले ट्रोलमा परेकी छन् । एमाले प्रवेश लगत्तै अध्यक्ष केपी शर्मा ओ लीसँग देश दौडाहामा निस्किएकी करिष्माले सोमबार कपिलव स्तुमा गरेको एउटा सम्बोधनमा आफूलाई एमालेको विचार सि द्धान्त राम्रो

लागेको मात्र होइन आफ्नो न्वारनको नाम नै सूर्यकुमारी भए काले आफू जन्मजात एमाले रहेको उनको जिकिर गरेकी थिइन् । तर करिष्माको यो अभिव्यक्ति ट्रोलरका लागि भने खुराक ब न्यो । कतिले त नयाँ जोगीले धेर खरानी खस्छ भन्ने उखान क रिष्मातिर तेस्र्याउँदै करिष्मा जता गयो त्यतै ठिक्क पर्ने प्रवृत्ति को मानिस भन्दै उनलाई उडाए ।

सामाजिक सञ्जालमा राम्रै समय बिताउने करिष्मालाई भने मा निसहरूको यो टिप्पणी मन परेनछ क्यारे, बिहीबार अफिस टाइ ममा उनले पनि आलोचकलाई व्यंग्य कसिन् ।‘ सूर्य कुमारी मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो , भिटामिन डि प्रा प्त भयो । राम्रो हो,’ उनले लेखिन् ।

 

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित 1 Minute 606 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार