
काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र द्वारा देश र जनताको लागि सधै शुद्ध राजनीति गर्ने लक्ष्य उदेश्य लिदै उहाको पार्टीले गरिएको निर्णय र एजेन्डा यसप्रकार छन।
१- संवैधानिक राजा २- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ३- ७७ संसद प्रतिनिधि सभा ४- २१ जना संसद राष्ट्रिय सभा ५- संसदहरू मन्त्री बन्न नपाइने ६- १३ मन्त्रालय मात्र मन्त्री पनि १३ । कुनै उपमन्त्री साहयक मन्त्री राज्य मन्त्रीको स्थान नराख्ने ।
७- कार्यपालिका र न्यायपालिकालाई व्यवस्था पिकाले हस्त क्षेप गर्न नमिल्ने व्यवस्था गर्ने । ८- संघियता खारेज गर्ने ५ विकास क्षेत्र नै राख्ने ९- स्थानीय निकाय बलियो बनाउने १०- वर्गको आधारमा केही बर्ष आरक्षण दिने जातमा नदिने
११- प्रत्येक नेपाली महिला पुरुषले २ बर्ष सैनिक तालिम अनिवार्य लिने!
१२- संस्कृत अनिवार्य गर्ने १३- कक्षा ६ देखि १२ सम्म अनिवार्य स्वास्थ्य जसमा योग , आयु र्वेद , र प्राकृतिक चिकित्साको स्वस्थवृति अध्ययन गराउने…………
थप समाचार यो पनि,,,ठूला दलबाट देश बन्छ भन्नु साँढेको टाङ मुनी बाल्टी थाप्नु जस्तै हो : लिङ्देनराप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरेका छन् ।
स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले तनहुँको दमौ लीस्थित खुल्ला मैदानमा आयो जना गरेको सभालाई सम्बोधन गर्दै लिङ्देनले भने, ‘साँढेको टाङमुनी बाल्टी थापेर साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, हैन यसलाई खाना पुगेन भनेर दाना थप्दा पनि दूध दिँदैन ।
ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु हो त्यस्तै हो,’उनले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री भएमा देश बन्छ भनेर प्रश्न समेत गरे । ‘अब तिनै पार्टी, तिनै नेताबाट देश बन्छ भनेर तिनैलाई हाम्रो बाजेको पार्टी बाउको पार्टी मैले यति लेबि तिरेको भनेर
उनैलाई भोट दिइराख्नु भनेको र यिनै पार्टीबाट देश बन्छ भनेर अपेक्षा राख्नु भनेको साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै हो’, उनले अगाडी थप्दै भने, ‘जबसम्म तिनै पार्टीलाई भोट हाल्नु हुन्छ तबसम्म देशले परिवर्तन र विकास प्राप्त गर्दैन ।’
उनले देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट दिने मतदाताहरू पनि दोषी भएको बताए । शक्ति राष्ट्र नेपालमा रणनी तिक रूपमा प्रतिस्पर्धा गरिरहेको लिङ्देनले बताए ।
नेपाललाई रणनीतिक प्रतिस्पर्धा बनाइएको उनको भनाई छ । अगाडी थप्दै भने, ‘कुनै बेला हामीले युक्रेनको नियति व्यहोर्नपर्ने अवस्था आउने खतरा हाम्रो सामु देखिएको छ ।
उनीहरूको आलोकाँचो व्यवहारले हुने क्षति ठूला पार्टीले मात्र व्यहोर्नु पर्दैन । सिँगो देश र जनताले त्यसको क्षति व्यहोर्नुपर्नेछ ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।