२०७९ जेष्ठ ३ मंगलवार

मध्यरातमा राष्ट्रपतिको घर घेरियो

काठमाडौँ — श्रीलंकामा खाद्य संकट चुलिँदै जान थालेपछि त्यहाँका राष्ट्रपति गोटाभाया राजापाक्षको घरअगाडि हिंसात्मक प्रदर्शन भएको छ । केहि समययता श्रीलंकामा १३ घण्टासम्म लोडसेडिङ‚ पेट्रोलियम पदार्थको

संकट‚ खाद्य संकट र औषधिहरूको चरम अभाव देखिन थाले पछि प्रदर्शनकारीहरूले राष्ट्रपति राजापाक्षको घरअगाडि हिंसा त्मक प्रदर्शन गरेको बीबीसीले जनाएको छ । शान्तिपूर्ण रुपमै सुरु भएको प्रदर्शन केही

समयपछि भने हिंसात्मक बन्न पुगेको थियो । प्रदर्शन नियन्त्र णबाहिर जान थालेपछि प्रहरीले अश्रुग्यास‚ पानीका फोहोराहरू को प्रयोग गरिएको थियो ।

केही प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउसमेत गरेको छ । प्रद र्शनकारीलाई राष्ट्रपति राजापाक्ष ले ‘अतिवादी तत्त्व’को संज्ञा दिएका छन् ।

प्रदर्शनकारीहरूले सुरक्षार्थ खटिएका प्रहरीह रूलाई ढुङ्गा प्रहार गर्न थालेपछि स्थित नियन्त्रण बाहिर गएको थियो । श्रीलंका सँग अब पेट्रोलि यम पदार्थ खरिदका लागि समेत पर्याप्त रकम नभएको बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो समय देखिएको संकटका कारण श्रीलंकामा उद्योग क्षेत्र‚ शिक्षा क्षेत्रसमेत धराशायी बन्दै गएका छन् ।

पेट्रोल पम्पमा पेट्रोलियम पदार्थका लागि र ग्यास पसलका अगाडि ग्यास सिलिन्डरका लागि मानिसहरूको लामो लाइन देख्नु श्रीलंकाको दिनचर्याजस्तै भइसकेको छ ।

लाम लागेकै अवस्थामा ढलेर अहिलेसम्म पाँच जनाको मृ,त्यु भएको बीबीसीले जनाएको छ ।

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित 1 Minute 10949 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार