
काठमाडौ । सरकारले निर्माण सम्पन्न गरेको एउटा भवनको उद्घाटनका लागि मन्त्री राम कुमारी झाँक्री पुग्दा एमाले सांसदले भवन उद्घा टन सम्पन्न गरिसकेका छन् ।धनकुटा नगरपा लिका २ स्थित भिरगाउँमा आठ कोठे पक्की स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भए पछि त्यसको औपचारीक उद्घाटन कार्य क्रम तय भएको थियो ।
जसका लागि मन्त्री रामकुमारी झाँक्रीलाई निम्ता पठाइएको थियो । सघन सहरी तथा भवन निर्मा ण आयोजनाद्वारा १ करो ड ९७ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उ,द्घाटन शनिबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गर्ने तय भएको थियो ।
सरकारी पक्षले शनिवार भवन उद्घाटनको तयारी गर्दै गर्दा उता एमाले सांसद भने उ,द्घाटन गरेर फर्किसकेका छन् । मन्त्री झाँक्री धनकुटा पुग्नुअ गावै धनकुटाका एमाले सांसद राजेन्द्र राईले भिर गाउँ पुगेर भवन उद्घाटन गरी फर्किसकेका छन् ।
शहरी विकास अन्तरगत बनेको उक्त स्वास्थ्य चौधरी मन्त्री झाँक्रीबाट उद्घाटन गराउने तयारी गरिएको थियो । धनकुटाबाट एकीकृतका कार्य कर्ता मन्त्रीलाई ‘रिसिभ’ गर्न भेडेटार पुगेका छन् ।
धनकुटामा मन्त्री झाँक्रीले पार्टीको नगरसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । शहरी विकास कार्यालय धनकुटाले मन्त्री झाँक्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय गरी शिलालेखसमेत तयार पारेको थियो ।
तर, नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चन्द्र लाल तामाङले नयाँ शिलालेख बनाएर सांसद राईको हातबाट उद्घाटन गराए पछि अब के हुन्छ भन्ने चासो बढेको छ ।
सहरी विकास कार्यालयल भने एमाले सांसदले भवन उ,द्घाटन गरेको औप,चारीक जा,नकारी आफुहरुलाई नभएको र शनिवार मन्त्री झाँक्रीले उद्घाटन गर्ने बताएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।