२०७९ जेष्ठ ३ मंगलवार

सिमा समस्यावारे देउवाले यस्तो प्रस्ताव राख्दा मोदी केही बोलेनन्

काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवा तीन दिने भारत भ्रमणका क्रममा छन् । शुक्रवार भारत पुगेका देउवा अहिले विभिन्न कार्यक्रममा सरिक भइरहेका छन् । उनको भारतमा भब्य स्वागत गरिएको छ ।

शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाले संयुक्त रुपमा शनिबार भर्चुअल माध्यमबाट एकीकृत रेलसेवा उद्घाटन गरेका छन्।हैदराबाद हाउसमा द्विपक्षीय वार्तापछि जनकपुर–जयनगर रेलसेवा उद्घाटन गरेका हुन्

। उद्घाटनपछि रेल जयनगरबाट जनकपुरका लागि प्रस्थान गरेको छ। यो रेल प्रत्येक स्टेसनमा रोकिँदै आउने छ।सो अवसरमा जनकपुर रेल्वे स्टेसनमा विशेष कार्यक्रम राखिएको छ।

कार्यक्रमलाई लक्ष्य गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव पनि जनकपुर आएकी छन्। जनकपुर रेल्वे स्टेसनमा रेल आएपछि मन्त्री यादव त्यसमा चढेर कुर्था स्टेसनसम्म पुग्ने छिन्।

नेपालले सीमा समस्या समाधानका लागि भारतसमक्ष संयुक्त संयन्त्र गठनको प्रस्ताव राखेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षिय भेटवार्ताका क्रममा प्रधानमन्त्री शे रबहादुर देउवाले सीमा समस्याबारे कुरा उठाएका हुन्।

मैले मोदीजीसँग सीमा समस्यालाई संयुक्त संयन्त्र मार्फत् हल गर्न आग्रह गरेँ’ देउवाले मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने।

२०७८ चैत्र १९, शनिबार प्रकाशित 0 Minutes 287 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार