२०७९ असार १२ आईतवार

नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास ‘ब्यालेन्स नेल’ आजदेखि

काठमाण्डाै – नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास ‘ब्यालेन्स नेल’ आजदेखि सुरु हुँदैछ । सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो । ्अ

मेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टदेखि हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले बताउनुभयो । अहिलेसम्म ब्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् ।

उहाँका अनुसार रेञ्जर फौजका झण्डै चार हजार सकल दर्जा लाई यस्तो तालिम प्राप्त भइसकेको छ । संयुक्त राज्य अमेरि काका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हुँदैछन् ।

तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जङ्गल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरु विषयमा समेत व्यावहा रिक अभ्यास र ज्ञान दिइनेछ । यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ ।

परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतमा सञ्चालन भएको उक्त तालिम फि ल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेछ । अमेरिकाले विश्वका विभिन्न देशसँग यस किसि मका संयुक्त अभ्यास गर्दै आएको छ ।

दुई हप्ताअघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबीच समेत संयुक्त तालिम सञ्चालन भएको थियो ।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 0 Minutes 389 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?