२०७९ असार १३ सोमबार

कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ । दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्ष यताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी

पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ ।परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद सोमबारसम्म मात्र छ ।

कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारी प्रति युवाको आकर्षण घटेको हुन सक्ने ईपीएस शाखाको अनुमान छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका कम्प्युटर इन्जिनियर टेकबहादर खड्काले आवे दन दिने अन्तिम म्यादको अघिल्लो दिनसम्म कृषि क्षेत्रतर्फ पाँच हजार पाँच सय र उत्पादन मूलक क्षेत्रमा १९ हजारको आवेदन परको जानकारी दिए ।

शाखाले हालसम्म परेको आवेदनको आधारमा अन्तिम दिन सम्म ३० हजार पुग्ने अनुमान गरेको छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 0 Minutes 506 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?