२०७९ असार १७ शुक्रबार

ए घाम, गरिबको झुपडीमा नजर लगाएर जा – गजल

-गजल
गाँउमा बसौं व्यापार, ब्यवसाय, आम्दानी छैन
सहरमा मुर्दालाइ अञ्जुली दिनेसम्म पानी छैन

तिम्रो झुटो नाटक रुपि प्रेमको गुन तिर्नु थियो
मेरो सित्तैमा कसैको केहीपनि खाने बानी छैन

ए घाम, गरिबको झुपडीमा नजर लगाएर जा
बर्सौं देखी अन्धकार मात्र रहेछ बिहानी छैन

दुखहरु छानाबाट चिहाउछ्न पहरेदारी गर्छन
यहाँ, मेरो खुशिहरु संग मात्र चिनाजानी छैन

आउ यार मसंग हात मिलाउ दुश्मनी छोडेर
हुकुमको एक्का हातमा हुनुमा कुनै हानी छैन

 

२०७८ पुष १७, शनिबार प्रकाशित 1 Minute 479 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?