
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहा दुर देउवाको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने वि’पक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति सत्यता नभ एको दा’बी गरेका छन् । थापाले भने, ‘छलफलका लागि प्रधान मन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भन्नुभयो ।
त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोल्नुभयो । त्यही कुरा मिडियाले स्थान दिए ।’ ओलीले केही दिनअघि प्र धानमन्त्री देउवालाई ‘वृद्धभत्ता लिन आउनुस’ भनेको भनाइप्र ति महामन्त्री थापाले कटाक्ष समेत गरेका छन् ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको प्रशासकीय भवन उ’द्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘ए माले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नु भयो ।
उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो । अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडि तलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ । तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’
महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका ला गि पाएको अवसर किन दुरुपयोग गरेको भन्दै प्रश्नसमेत गरे का छन् । ओलीप्रति प्रश्न गर्दै थापाले भने, ‘नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नग रेको पार्टी र संसद् किन तोडेको भनेर सोध्न सक्नुपर्छ ।’
स्थानीय तहको निर्वाचनमा तालमेलबारे पार्टीभित्र फरक मत रा खेपछि पार्टीको निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ । गत निर्वाचनमा ओलीले माओवादी केन्द्रसँग रातारात गरेको ताल मेल सही भए अहिले काँग्रेसले गरेको गठबन्धन पनि सही हुने उनले दाबी गरे ।
यस्तै थापाले जनतासँग नेता डराउनुपर्ने बताएका छन् । अघि ल्लो चु’नावमा गर्छु भनेका काम र विकास पूरा नगराएका व्य क्ति जनतासँग डराउनुपर्ने तर यसको उल्टो हुँदै गएको बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।