२०७९ जेष्ठ २ सोमबार

श्रीलंकाली प्रधानमन्त्रीका बुहारी र सम्धी देश छोडेर यसरी  भागे (हेर्नुस)

काठमाडौं । श्रीलंकाको राजनीतिक र आर्थिक स्थितिमा सुधार भइरहेको छैन। यो देशमा न त काध्यान्न पाइन्छ, न त पेट्रोल पम्पमा इन्धन पाइन्छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेको पूरै मन्त्रिपरिषद्ले राजीनामा बुझाएको छ र त्यहाँको सरकारमा नयाँ अनुहार ल्याउने प्रयास भइरहेको छ ।

यसैबीच, एक महत्त्वपूर्ण घटनाक्रममा, प्रधानमन्त्री महिन्दा राजापाक्षेको परिवारका धेरै सदस्यहरूले देश छोडेका छन्।श्रीलंकाको प्रमुख पत्रिका डेली मिररको रिपोर्ट अनुसार महिन्दा राजपाक्षे सरकारमा मन्त्री रहेका नमल राजापाक्षेकी श्रीमती लामिनी राजपक्षेले श्रीलंका छाडेकी छिन् ।

यससँगै प्रधानमन्त्री महिन्दा राजपाक्षेका सम्धी अर्थात लामिनी राजपाक्षेका पिता पनि श्रीलंका छोडेर अन्य देशमा गएका छन् । कुन देशमा गएका हुन् भन्ने स्पष्ट छैन, तर सरकारविरुद्ध बढ्दो विरोध र जनताको आक्रोशका बीच सबैले देश छाडेका छन् ।

प्रधानमन्त्री महिन्दा राजापाक्षेको परिवारका कुल नौ जना देश छोडेर अज्ञात स्थानमा गएको स्रोतले जनाएको छ । स्रोतका अनुसार यी सबै सदस्य अप्रिल ३ का दिन बिहान देश छाडेर गएका हुन् ।

प्रधानमन्त्री महिन्दा राजापाक्षका अन्य दुई बुहारीले पनि देश छाडेका छन् वा छैनन् भन्ने अझै स्पष्ट भइसकेको छैन । श्रीलं कामा धेरै दिनदेखि हल्ला चलिरहेको छ कि प्रधानमन्त्रीको परिवारसँग सम्बन्धित व्यक्तिहरू श्रीलंका छोडेर बाहिर जान सक्नेछन्।

विनमल राजपाक्षे श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षका छोरा हुन् । हालसम्म नमल श्रीलंकाको युवा तथा खेलकुद म न्त्री थिए । तर अहिले श्रीलंकाको पूरै क्याबिनेटले राजीनामा दिएको छ ।

नमल राजापाक्षेले श्रीलंकामा सामाजिक संजाल प्लेटफर्म बन्द गर्ने सरकारको निर्णयको आलोचना गरेका थिए। उनले आइत बार पत्रकारहरुसँग कुरा गर्दै भनेका थिए ‘सामाजिक सञ्जाल मा प्रतिबन्ध बेकार छ किनकि धेरै व्यक्तिले सामाजिक संजाल चलाउन भिपीएन प्रयोग गरिरहेका छन्।

श्रीलंकाको यो कदमको अन्य देशमा पनि आलोचना भएको थियो । यसपछि सरकारले आइतबार दिउँसोसम्म सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । श्रीलंका कर्जा, महंगीबाट पीडित छ ।

विदेशी मुद्रा अभावका कारण श्रीलंकाले विदेशबाट पेट्रोलि यमलगायत अत्यावश्यक खाद्यवस्तु आयात गर्न सकेको छैन । श्रीलंका सरकारले स्थितिलाई नियन्त्रण गर्न धेरै शहरहरूमा कर्फ्यू लगाएको छ।

२०७८ चैत्र २१, सोमबार प्रकाशित 0 Minutes 1184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार