
चितवन । नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनले भरत पुर महानगरपालिकाको मेयर पद नछाड्ने निर्णय गरे,,को छ । आइतवार पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको बैठकले महानगरको मेयर नछाड्ने निर्णय गरेको हो ।
भरतपुर महानगरपालिकामा माओबादी केन्द्रले कांग्रेससँगको गठबन्धनमा मेयर आँफुले लिने बताई रहेको बेला चित,,वन कांग्रेसको निणर्यले भने ससंकित बनाएको छ । नेपाली कांग्रेस चितवनका सचिब सुर्य अर्यालका अनुसार
आँफुहरु केन्द्रीय गठवन्धनको बिरोधी नभएको तर भरतपुर महानगरको मेयर पद छाड्न नसकिने निसकर्ष निकालेको हो ।
सचिव अर्यालयका अनुसार जिल्लाको निर्णय केही दि,,नमै केन्द्रमा समेत जानकारी गराइनेछ । आवश्यक परे जिल्लाको टोलि डेलिगेशन जाने समेत निश्कर्षमा पुगिएको अर्यालले बताए ।
भरतपुरको हकमा जिल्लाको निर्णय प्रतिकूल हुनेगरि केन्द्र वा प्रदेश जसले निर्णय गरेपनि त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार उनिहरु नै हुने जिल्ला कार्यसमितिको चेतावनी समेत छ ।
भरतपुर बाहेकका अन्य पालिकाको हकमा भने स्थानीय अव स्था र आवश्यकतालाई आधार मान्दै तालमेल गर्न सकिने बैठ कको निर्णय छ ।
‘गत २०७४ सालको निर्वाचनमा भरतपुरमा तालमेल गरि माओबादी केन्द्रकी रेनु दाहाललाई मत हाल्दा पार्टीको साख गिरेको बैठकको ठहर छ ।’
आइतवारको बैठकमा जिल्लाबाट जितेका केन्द्रीय सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु महासमिति सदस्यहरु, पूर्व जिल्ला सभापतिहरु, सांसदहरु,
पूर्व सांसदहरु , क्षेत्रीय र प्रदेश सभापतिहरु,माहानगर भित्रका २९ वटा वडाका सभापतिहरुको उपस्थिति रहेको थियोे ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।