
इलामको फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) प’क्रा”उ परेका छन् । कुटपिट तथा अभद्र व्यवहार गरेको आ”रो’पमा प्रहरीले उपाध्यक्ष राईलाई प’क्रा’उ गरेको हो ।
मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा उपाध्यक्ष राईले फाकफोकथुम वडा १ का कृष्णबहादुर खड्कामाथि मुक्का प्रहार गरेको आरोप छ ।
आफूवि”रु’द्ध जाहेरी परेपछि उपाध्यक्ष राईले आफैं प्रहरीसमक्ष पुगेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ ।
मौसमी कामदार कोरिया पठाउने विषयमा जनप्रतिनिधि र छनोटमा नपरेका स्थानीय युवाबीच विवाद उत्पन्न भएसपछि उपाध्यक्ष राईले असन्तु’ष्ट’मध्येका खड्कालाई कुटपिट गरेको आ”रो”प छ ।
फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको छ । सहमतिअनुसारका कामदार छनोटमा प्रक्रिया नपुगेको भन्दै युवा अ’स’न्तु’ष्ट भएपछि विवाद उत्पन्न भएको हो ।
कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए । तिनीहरूमध्ये १ सय ५ जना छानिने गाउँपालिकाले बताएको छ । आक्रोशित युवाले चैत ४ गते गाउँपालिकाको कार्यालयमा नाराबाजी गर्दै वि”रो’ध जनाएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।