
काठमाडौं, चैत २१ – बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादी प्रहरीले प,क्राउ गरेको छ। प,क्राउ पर्नेमा तारकेश्वर नगरपालिका-५ बस्ने इलाम सन्दकपुर घर भएका ४२ वर्षीय डाकमान गुरूङ रहेका छन्।
उनलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाए को छ। उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो
महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो। डाकमानले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्याउन प्रभु बैंक
लिमिटेड सिनामंगल काठमाडौंमा रहेको खाता बाट रकम भुक्ता नी हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरे को हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।
बौद्ध प्लाटिङस्थित खाजा घरबाट १६ जना पक्राउ, काठमाडौं महानगरपालिका-६ बौद्ध प्लटिङस्थित खाजा घरबाट कागेश्वरी मनोहरा
नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलि रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरू लाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ । यस सम्ब न्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।\
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।