२०७९ जेष्ठ ४ बुधबार

छोरी रेणु दाहालका लागि गठबन्धन तोड्न प्रचण्ड तयार, ढल्किए एमालेतर्फ !

काठमाडौं – भरतपुरमा रेणु दाहाललाई मेयर नदिए गठबन्धन तोड्न सक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चेतावनी दिएका छन् । भरतपुरमा मेयरको टिकट माओवादी केन्द्रलाई नदिए गठबन्धन

तोड्न सक्ने प्रचण्डको भनाईलाई उदृत गर्दै माओवादीका एक नेताले भने ।उनले कांग्रेसले नछोडे एमालेसँग मिलेर भएपनि भरतपुरमा मेयर उठेरै छाड्ने बताए ।

चितवन कांग्रेसको आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरिसकेको छ ।सोही कुरालाई लिएर प्रचण्ड यति बेला गठबन्धन तोड्न पनि पछि नहटने मुडमा पुगेको ती नेताले बताए ।

कांग्रेस लचिलो भएन भने गठबन्धन दुर्घटनामा जान सक्ने ती नेताको भनाई छ । अहिले महानगरको मेयर माओवादी केन्द्रकी रेणु दाहाल रहेकी छन् ।

दाहाललाई मेयर बनाउन २०७४ सालमा कांग्रेसले नै सहयोग गरेको थियो ।कांग्रेससँग तालमेल गरेरै दाहालले चुनाब जितेकी थिइन् । अघिल्लो स्थानीय चुनावमा मनोनयन फिर्ता लिने दिनमा तालमेल घोषणा भएको थियो ।

पहिलेका चुनावहरूको नतिजाको आधारमा तुलनात्मक रूपमा वाम घटकभन्दा भरतपुरमा कांग्रेस बलियो मानिन्छ ।

तर बलियो भए पनि मेयर पद छाडेका कारण त्यस बेलादेखि चुलिएको असन्तुष्टि अझै कायम छ ।

त्यसैले यस पटक कुनै पनि हालतमा कांग्रेस मेयरको पद छोड्ने पक्षमा छैन । भरतपुरमा माओवादी केन्द्र र कांग्रेस मध्य कसले मार्ला बाजी त्यो भने त्यो भने समयले देखाउला नै ।

२०७८ चैत्र २२, मंगलवार प्रकाशित 0 Minutes 450 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार