२०७९ असार १२ आईतवार

टिका सानुको श्रीमान संग अस्मिताको माया बसेपछि पर्यो दोहोरीमै झ’गडा (भिडियो सहित )

काठमाडौं – समय अनुसार सबै चिजमा परिवर्तन संगै नया कामको सुरुवात हुने गर्छ। केहि समय अघि सम्म नेपालि लोक दोहोरी गित भन्ने बित्तिकै नाक मुख बिगार्ने व्यक्तिहरु अहिलेको समयमा लोक दोहोरीमा भिज्ने गरेका हामीले देखिरहेका छौ। पहिला देखिनै चलि आएको हाम्री रितिरिवाज अनि धर्म सस्कृतिलाइ जगेर्ना गर्ने माध्यम पनि हो लोक दोहोरी।

पछिल्लो समय नेपालि कला क्षेत्रमा धेरै सक्षम कलाकारहरुको जन्म भएको छ। अझ भन्ने हो भने अहिले त लाइभ दोहोरीले बजार तताइरहेको छ। देश बिदेशमा रहेकाहरेक नेपालीको थकाइ मेट्ने माद्यम बनेको छ लाइभ दोहोरी। दर्शकहरुले कति सम्म रुचि राख्ने गर्दछन भने युटुबको भ्युजबाटै प्रस्ट हुन्छ।

त्यस्तै प्राइम एचडी टेलिभिजन मार्फत संचालन हुने संगीत माला लाइभ दोहोरीमा गायिका टिका सानु र अस्मिता डिसिको कडा दोहोरी सार्बजनिक भएको छ। गायिका टिका सानुको श्रीमान संग लुकिछिपी अस्मिता बोल्ने गरेको पत्ता लाइसकेपछि कडा दोहोरी भिडन्त भएको छ। यस भित्र गायिएका सम्पुर्ण शब्दहरु काल्पनिक हुन्।

हेर्नुहोस भिडियो :

 

यो पनि पढ्नुहोस् – काठमाडौँसहित देशभर बारम्बार विद्युत् जाने समस्या, के भन्छन् प्रमुख घिसिङ ?
काठमाडौं । पुसे झरीका कारण देशभर चिसो बढेको अवस्थामा काठमाडौँलगायत केही स्थानमा बारम्बार विद्युत् आउने र जाने समस्या क्षणिक भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले स्पष्ट पार्नुभएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर उहाँले अहिले देखिएको समस्या क्षणिक भएको र त्यसलाई सुधार्न काम सुरु भइसकेको जानकारी गराउनुभएको हो । मङ्गलबारदेखि कतिपय स्थानमा हिमपात र वर्षा हुन थालेपछि चिसो बढेको अवस्थामा विद्युत् आपूर्तिसमेत नियमित हुन नसकेको र कतिपय स्थानमा दुई दिनसम्म बत्ती नआएको उपभोक्ताको गुनासो बढेको थियो ।

प्रमुख कार्यकारी अधिकृत घिसिङले पुसे झरी लाग्दा चिसो बढेपछि काठमाडौँमा एकाएक विद्युत्को माग बढेका कारण अनामनगर, डिल्लीबजार, इमाडोल, बानेश्वर, रत्नपार्क, महाराजगञ्ज क्षेत्रका ट्रान्सफर्मरले लोड धान्न नसकेका कारण विद्युत्को नियमित आपूर्तिमा समस्या देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब ५० देखि ६० वटा ट्रान्सफर्मर ड्रप भएको हो । निरन्तर पानी परेकाले तत्काल फेर्न केही कठिनाइ भएकाले ती क्षेत्रका उपभोक्तालाई असजिलो परेको हो । आजसम्ममा ती ट्रान्सफर्मर फेरिसक्ने गरी काम भइरहेको छ । ”

उहाँले तीन हजार ८०० ट्रान्सफर्मरमध्ये ५०÷६० वटामा समस्यामा देखिनु त्यति ठूलो समस्या नभएको पनि बताउनुभयो । उहाँले आगामी दिनमा काठमाडौँ उपत्यकामा विद्युतीय सामग्रीको उपयोग बढ्दै जाँदा विद्युत्कोे माग पनि बढ्ने आकलन गरेर उपत्यका वरपर १० वटा सबस्टेसन बन्ने क्रममा रहेको र त्यसबाट १३२ केभी प्रसारण लाइनको विद्युत् आपूर्ति गर्न सकिने जानकारी पनि दिनुभयो ।

उहाँले प्राधिकरणले विद्युत् लोडको अवस्था के कस्तो हुनेछ भन्ने अध्ययन गरिरहेको दाबी गर्नुभयो । प्रमुख कार्यकारी घिसिङले जाडोमा पहाडी क्षेत्रमा माग बढेजस्तै गर्मी लागेपछि तराईमा विद्युत्को माग बढी हुने भएकाले त्यसअघि नै सबस्टेसन तयार गर्ने योजनाअनुरूप काम भइरहेको पनि बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत घिसिङले कतै जग्गाको समस्या, कतै वनको समस्या, कतै बजेटको समस्या, काम सकिनै लागेको परियोजनामा अदालतको स्टे अर्डरलगायत दर्जनौँ समस्याका बाबजुद पनि चार महिनामा निकै उपलब्धि भएको दाबी गर्नुभयो ।

उहाँले चार महिनामा उद्योगका लागि ४०० मेगावाट विद्युत् स्वीकृत गरिसकेको, ६० प्रतिशतबाट ९० प्रतिशतभन्दा बढी विद्युतीकरण भइसकेको पनि दाबी गर्नुभयो ।

सम्पूर्ण देशलाई विद्युतीकरण गर्न र स्तरीय सेवा प्रदान गर्न सरोकारवाला सबै निकायको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ । -जनबोली

 

 

२०७८ पुष १७, शनिबार प्रकाशित 1 Minute 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?