२०७९ असार १३ सोमबार

चुनावको टिकट वि,वादले कांग्रेस नेताबीच कु,टा,कु,ट, गाउँपालिका अध्यक्ष घा,इते

धादिङ । खनियाबास गाउँपालिका–३ बच्छ लामा गाउँपालिका अध्यक्षमाथि आ,क्र,मण भएको छ । नेपाली कांग्रेस वडाध्यक्ष को टिकट सफिारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका गाउँपालिका अध्य क्ष रण बहादुर तामाङमाथि आ,क्रमण भएको हो ।

कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोल लागाए ।पाख्रिन र अध्यक्ष तामाङबीच टिकटका विषय मा वि,वाद भएको बताइएको छ । घा,इते तामा ङको सत्यदेवी स्वास्थ्यचौकीमा उपचार गरिएको छ ।

आरोपित पाख्रिनलाई गए राति दार्खा प्रहरी चौ कीले प,क्राउ गरेको छ । घ,टनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उप रीक्षक जागेश्वर भण्डा रीले बताए।

यो पनि,,बैंककमा उड्नै लाग्दा पड्किए निगमको जहाजका टायर, १५५ यात्रु चार दिनदेखि अलपत्र

नेपाल वायुसेवा निगमको एयरबस आरए-४०० को दुबै टायर पड्किँदा चार दिनदेखि यात्रुहरू बैंककमा अलपत्र परेका छन्।

नेपाल वायुसेवा निगमको कमजोर व्यवस्थापनका कारण एयर बसको टायर समयमै फेर्न नसकेका कारण यात्रुहरू बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलनजिक बसिरहेका छन्।

निगम स्रोतका अनुसार शुक्रबार बैंककको स्थानीय समय अनु सार अपराह्न ५ बजे एयरबसको पछाडिका दुबै टायर पड्के का थिए।निगमका एक वरिष्ठ पाइलटका अनुसार जहाजमा १५५ जना यात्रु थिए। जहाज क्याप्टेन प्रशान्त राई र कोपाइ,,लट ग्रीष्म श्रेष्ठले उडाउन लागेका थिए।

तर, जहाज टेकअफ हुन लाग्दा ककपिटमा ‘ब्रेक टेम्प्रेचर हाई’ रहेको म्यासेज आयो। यस्तो अवस्थामा जहाज टेकअफ गर्नु खतरा ठानेर पाइलटले आकस्मिक रूपमा ब्रेक लगाएर जहा जलाई सुरक्षित गराए।

‘टेकअफ गर्नै लागेको जहाजमा बेस्सरी ब्रेक लगाउँदा पछाडि पट्टिका चारमध्ये एक एक वटा टायर पड्किए,’ ती पाइलटले सेतोपाटीसँग भने।उनका अनुसार ब्रेक सिस्टममा रहेको तेल तीन

सय डिग्री भन्दा बढी ताते पाइप नै फुटेर जहाजमा आगो लाग्ने जोखिम हुन्छ। यसरी, ब्रेक सिस्टम हिट हुँदा चिस्याउने यन्त्र जहाजहरूमा पनि हुन्छ।

तर, नेपाल वायुसेवा निगमका एयरबसमा कुनै पनि चिस्याउने उपकरण छैनन्। ‘हिमालय एयरलाइन्सको जहाजमा पनि यस्तो यन्त्र छ, विश्वभरि नै जहाज चिस्याउने यन्त्र हुन्छ। तर यी जहा ज खरिद गर्दा यो पाटो हेरेको देखिँदैन,’ ती पाइलटले भने, ‘यो व्यवस्थापन पक्षको गम्भीर लापरबाही हो।’

उड्न लागेको एयरबसलाई पाइलटले बुद्धिमतापूर्वक रोकेर ठूलो जोखिम किनारा लगाएको ती पाइलटले जानकारी दिए।

‘पाइप फुटेर तेल चुहिएको भए आगो लाग्ने सम्भावना अत्य धिक हुन्छ, धन्य धावनमार्गमै जहाजलाई कन्ट्रोल गर्न सकियो,’ उनले भने।

पाङ्ग्रा फेर्न आइतबार राति नै प्राविधिक टोली थाइल्याण्ड पठाइए पनि अहिलेसम्म जहाज तयार भइनसकेको उनले बताए।

‘चार-चार दिनसम्म पाङ्ग्रा फेर्न नपाएर यात्रु अलपत्र पार्नु लापरबाही हो,’ उनले भने। उनका अनुसार जहाजको हरेक गन्तव्यमा आकस्मिक रूपमा चाहिने चिजहरू राखिनुपर्ने हो।

‘नेपाल वायुसेवा निगमले त्यतिसम्म गरेको छैन, गाडीमा त एक्स्ट्रा पाङ्ग्रा राखिन्छ, हाम्रो जहाजको अवस्था यस्तो छ,’ उनले भने।

नेपालबाट पाङ्ग्रा पठाएपछि फेर्न पनि विलम्ब भएको विषय आफूले नै नबुझेको ती पाइलट बताउँछन्।नेपाल वायुसेवा निग मका सहायक प्रवक्ता ज्ञान अर्यालले भन्सार जाँचपासमा ढिला इ भएका कारण समयमै टायर पठाउन नसकिएको बताए।

‘टायर पठाइसकिएको छ, टायर पड्केपछि सेट नै फेर्नुपर्ने हुन्छ, अहिले प्राविधिक टोलीले काम गरिरहेको छ, चाँडै जहाज तयार हुन्छ,’ अर्यालले भने।

२०७८ चैत्र २३, बुधबार प्रकाशित 1 Minute 986 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?