२०७९ जेष्ठ ९ सोमबार

ठमेल स्थित मनबहादुर तामाङको होटलबाट १३ जना ब्यक्तिहरु पक्राउ

काठमाडौं – काठमाडौंको ठमेलबाट एक जना व्यक्तिको पाँच तोलाको सुनको सिक्री लु,टपाट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठा स्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट भएको घ,टना मा संलग्न रहेको अभियोगमा लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई सोमबार प्रहरीले पक्रा उ गरेको हो।

उक्त स्थानमा सुनको सिक्री लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी ले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपा लिका-२ उत्तरगेटबाट सुनको सिक्रीसहित पक्राउ गरेको जनाएको छ।

उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदा लत काठमा डौंबाट पाँच दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

चाँगुनारायणमा १३ जना पक्राउ

प्रहरीले भक्तपुरको चाँगुनारायणस्थित होटलबाट १३ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा चाँगुनारायण नगरपालिका-६ नग रकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङ,,को न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट कौडा खेलिरहेको अवस्थामा मन बहादुरसमेत १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उ नीहरूको साथबाट नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७८ चैत्र २३, बुधबार प्रकाशित 1 Minute 15490 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार