
धादिङ, २३ चैत । धादिङ स्थित पृथ्वी राजमार्ग रहेको छेउ छाउ मा रहेका चिया नास्ता पसल तथा होटलहरु लागुऔष,,धको केन्द्र बन्न थालेको छ ।
सोमबार ईलाका प्रहरी कार्यालय गजुरीले चिया नास्त पसल तथा होटलहरुमा लागु औषध गाजा समेत विक्रि वितरण भईर हेको भन्ने विशेष सूच नाको आधारमा होटलहरु खानतलासी गर्दा २५
किलोग्राम लागु औषध गाँजा र १ थान डिजि टल तराजु सहित पाँच जना होटल सञ्चाल कलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गजुरी–२ विहानी पम्प नजिकै रहेको जयराम स्टाप होटलकी संचालक ४७ बर्षिया सानी अधिकारी, फुर्के खोलामा रहेको आयुष होटलका संचालक ४३ बर्षिय राज
कुमार भन्ने होतराज सेढाई, फुर्केखोलाकै हिरा होटल एण्ड लजका संचालिका वर्ष ४७ की हिरामाया लम्साल रहेकी छिन्।
त्यस्तै फुर्केखोलाका ठकुरी होटलका संचालक वर्ष ६१ को बेद कुमार शाही र बेनिघाट रोराङ –३ करम खोलामा रहेको चिया नास्ता होटलका संचालक वर्ष ५५ को खिलनाथ त्रिपाठी पक्राउ परेका छन्।
पक्राउ परेका होटल संचालकहरुलाई धादिङ जिल्ला अदा लतबाट म्याद थप गरी थप अनुस न्धान भईरहेको प्रहरीले जनाएको छ।
तस्विर: ईलाका प्रहरी कार्यालय गजुरी
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।