२०७९ असार १३ सोमबार

लाजै पचाएर मन्त्री झाँक्रीले मागिन् माफी

काठमाडौं : शहरी विकास मन्त्री एवं नेकपा एकी,,कृत समा जवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले पार्टीलाई समय दिन नसकेकोमा नेता कार्यकर्तासँग माफी मागेकी छन्।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आचार संहिता अघि सरकारी र प्रशासनिक काम गरि सक्नुपर्ने भएकाले त्यसमा व्यस्त हुँदा पार्टीलाई समय दिन नसकेको उनले उल्लेख गरेकी छन्।

चुनावको समयमा पार्टीका नेता कार्यकर्तालाई नभेटेको भन्दै एकीकृत समाजवादीमा झाँक्री प्रति असन्तुष्टि बढेका बेला उन  ले माफी मागेकी हुन्।‘कतिपय साथीहरू मन्त्रालय आएर पनि मसँग भेट हुन सकेको छैन।

कतिपय साथीहरूलाई समय दिन सकेको छैन। त्यसको लागि क्षमा चाहन्छु,’ उनले भनेकी छन्।यो हप्तापछि नियमित पार्टी काममा फर्किने उनको भनाइ छ।

‘निर्वाचन आचार संहिता लाग्नुभन्दा अगाडि गर्नुपर्ने काम, आ गामी आर्थिक वर्षको नीति, कार्यक्रमको सैद्धान्तिक छलफल र त्यसको निर्णय गरेर राष्ट्रिय योजनाआयोग र अर्थ

मन्त्रालय पठाउनुपर्ने समय सीमा र आन्तरिक कामको कारणले गर्दा यो हप्ता एकदमै व्यस्त छु,’ उनले ट्वीटरमा भनेकी छन्।

२०७८ चैत्र २४, बिहीबार प्रकाशित 1 Minute 9097 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?