२०७९ जेष्ठ ३ मंगलवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको खुलामञ्चमा आज शक्ति प्रदर्शन गरेको छ। (हेर्नुस भिडिओ)

स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आ मसभा गरेको हो।आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको छ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार आमसभा सुरू भइसकेको छ। सभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलगायत नेता पुगेका छन्।

राप्रपाले देशका विभिन्न ठाउँमा सभा गरेपछि खुलामञ्चमा आमसभा गरेको हो।गत मंसिरमा भएको राप्रपा महाधि वेश नबाट कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचि त भएका थिए।

लिङ्देन अध्यक्ष बनेपछि राप्रपाले पहिलो पटक काठमाडौंमा शक्ति प्रदर्शन गरेको हो।

राप्रपा महाधिवेशनमा पराजित भएका थापाले भने राप्रपा नेपाल पार्टी गठन गरेका छन्।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

२०७८ चैत्र २५, शुक्रबार प्रकाशित 0 Minutes 7731 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार