
सरकारले देशलाई आर्थिक संकटबाट बचाउन भन्दै हप्ताको दुई दिन सार्वजनिक विदा दिने सैद्धान्तिक निर्णय गरेको छ । राष्ट्र बैंकले हप्ताको दुई दिन सरकारी कार्यालय बन्द गरेर आर्थिक संकटको सामना गर्न सरकारलाई सुझाएको थियो ।
बिहिबार बसेको मन्त्रिपरिषद्ले राष्ट्र बैंकले दिए को सुझाव अनु सार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सैद्धान्तिक निर्णय गरेको हो । मन्त्रिप रिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौ ती गर्ने समेत निर्णय गरेको छ ।
त्यही निर्णय कार्यान्वयनका लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।कुन कुन दिन विदा दिने र यसको कार्यान्वयनका सन्दर्भमा भने थप छलफल गरेर ठोस निर्णय लिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्को निर्णय कार्यविधि बनाएर एक हप्ताभित्र कार्या न्वयमा ल्याउने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गर्न सरकारी कार्यालयको समय बढाउने र
त्यसबापत २ दिन बिदा दिन धेरै अगाडिदेखि सुझाव गए पनि सरकारले कार्यान्वयन गरेको थिएन। आर्थिक सङ्कट बढेपछि नेपाल राष्ट्र बैङ्कले दिएको सुझाव मन्त्रिपरिषद्ले कार्यान्व यन गरेको हो।
२० देशका लागि राजदूत सिफारिससरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानका री दिए ।
मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको उनले बताएका छन् ।स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।
राजदूतमा सिफारिस भएकाहरुको अब संसदीय सुनुवाइ भए पछि त्यहाँबाट नाम अनुमोदन भए मा सम्बन्धित देशको सह मति पछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।को को भए राजदूत सिफारिस ?
बिष्णुपुकार श्रेष्ठ- चीन, बासुदेव मिश्र- श्रीलं का,दानबहादुर तामाङ- दक्षिण अफ्रिका,शर्मिला पराजुली ढकाल- स्पेन, मि लन तुलाधर- रूस डिल्लीराज पौडेल- मलेसिया, शान्ता रिजाल -इजरायल,नवराज सुवेदी- साउदी,घनश्याम बन्जाडे-
बंगलादेश,दुर्गाबहादुर सुवेदी -जापान निर्मलरा ज काफ्ले- ब्राजि ल,भरतकुमार रेग्मी- अष्ट्रिया, सुशीलकुमार लम्साल – इजिप्ट, कैलाश पोख रेल- अष्ट्रेलिया,डिल्लीराज पौडेल- कतार ज्योति प्याकुरेल -दक्षिण कोरिया,रामसुरज राय यादव- डेनमार्क,डो रनाथ अर्याल,हरिशचन्द्र घिमिरे,तिर्थराज वाग्ले
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।