२०७९ जेष्ठ ३ मंगलवार

स्वस्थ रहनुको लागि प्रचण्ड साइकल चढ्न थाले (हेर्नुस भिडिओ)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताउनु भएको छ । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद

विकास परिषद् बागमती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उहाँले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भए

को चर्चा गर्नुुभएको हो यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “देशैभरि साइकलका विषयमा

सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साइ कल उपयोगी छ ।खेलकुदमन्त्रीको समेत उपस्थिति रहेको कार्यक्र मले आधिकारिकता र वैधानिकता पनि स्थापित”

गरेको भन्दै छ उहाँले सहभागी सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।अध्यक्ष दाहालले आज बिहान नारायणी किनार मा म्याराथन शुभारम्भ गर्नुभएको हो । प्रतियोगिता संयो

जक शन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताउ नुभयो । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चित

वन विशेष हुन् ।प्रथम हुने १९ वर्षमाथिका महिला तथा पुरुष लाई रु ४५ हजारका दरले, ३० वर्षमाथिको विधामा रु २५ हजार, ५० वर्षमाथिको विधामा रु २० हजार र

चितवन स्पेशल विधामा महिला तथा पुरुषलाई रु २०÷२० हजारका दरले पुरस्कार रहने आयोजकले जनाएको छ ।प्रतियोगितामा १०स्थानसम्म आउनेलाई नगद पुरस्कार को

व्यवस्था गरिएको जनाइएको छ । भरतपुर महानगरमा निर्मा णाधीन रिङ्रोडसहित सडक आयोजना साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पु¥या

उने उद्देश्यले साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ थियो ।करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दुरी पार गर्नुपर्ने

व्यवस्था गरिएको छ । नारायणी नदी तिरबाट सुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, ¥यालीसहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ ।

क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रति योगितामा विजेता खेलाडीलाई नगदपुरस्कारसहित, पदक तथा प्रमाणपत्र वितरण गरिनेछ र विभिन्न व्यक्तिलाई पनि

सम्मान गरिने आयोजकले जनाएको छ ।प्रतियोगितामा काठ माडौँसहित हेडौँटा, पोखरा, बारा, पर्सा, एपिएफको समेत सहभागिता रहेको छ । अध्यक्ष प्रचण्डको छोरी ज्ञानु

र छोरा प्रकाश दाहालको निधन पछि उहाँहरुको स्मृतिमा प्रति ष्ठान बनाइएको महानगर प्रमुख रेनु दाहालले बताउनु भयो ।शोकलाई शक्तिमा बदल्दै स”माजसेवा मा लगाउन

प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्य क्रम भएकोसमेत उहाँकोे भनाइ थियो । भरतपुरको रिङ रोड अहिले ६६ किमी रहे पनि चाँडै ८८ किमी रिङरोडमा

म्याराथन हुने महानगर प्रमुख दाहालले बताउनुभयो । खेल पर्यटन विकासका लागि म्याराथन आयोजना गरिएको उहाँको भनाइ थियो । ***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

२०७८ चैत्र २६, शनिबार प्रकाशित 0 Minutes 1199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार