२०७९ जेष्ठ ३ मंगलवार

केपी ओलीको गृहनगरमा राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन उर्लियो सारा जनता (भिडिओ हेर्नुस)

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश लाई आर्थिक टाट पल्टाउनेहरुसँग हिसाबकिताब माग्ने बताए का छन् । झापाको दमकमा आज आयोजित आमसभा लाई सम्बोधन गर्दै उनले देश ऋणले चुर्लुम्म डुबेको भन्दै यसको दोष वर्तमान राजनीतिका ठूला दलहरुले लिनुपर्ने बताए । ‘

अहिले देश ऋणमा चुर्लुम्म डुबेको छ । आफ्नो आम्दानीले सामान्य गतिविधिसम्म धान्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सरकारको विभिन्न मानिसले भनिरहेका छन् देशको अवस्था ठिक छैन भनेर । बैंक रित्तिएको छ, साना साना ठेक्काको काममा पनि भुक्तानी पाएका छैनन् ।

४ वर्षभित्रमा ८ खर्बमा भएको राष्ट्रिय ऋण अहिले १७ अर्ब पुगेको छ ।’लिङ्देनले आर्थिक रुपमा टाट पल्टाउनेहरुसँग राप्रपाले हिसाव किताब गर्ने चेतावनी पनि दिए ।

उनले विकृति विसंगति र भ्रष्टाचारविरुद्ध उत्रनका लागि राप्रपा मा गोलबद्ध हुन पनि अपिल गरे । कार्यक्रममा बोल्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले एमाले नेतृत्वको सरकारले अरबौं भ्रष्टा चार गरेको भन्दै फेहरिस्त सुनाए ।

‘झापामा आएर भन्न मन लाग्यो, एमाले सरकारले अरबौं भ्रष्टा चार गरेको छ,’ शाहीले भने, ‘दमक नगरपालिकामा मात्रै ३ वर्षमा ८ करोड ९८ लाख बेरुजु देखिएको छ ।’

उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने र राजत न्त्रबारे जनमतसंग्रह हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राप्रपाकी नेतृ तथा नायिका रेखा थापाले अबका नारीहरू कमजोर नभए को भन्दै राजनीतिमा आउन आह्वान गरिन् । ‘

अबका नारीहरू कमजोर छैनन, देश हाँकेको हेर्न चाहन्छु,’ उनले भनिन्, ‘हामी सपना देखाउन आएको होइन, पुरा गर्न आएका हौं, यसमा सबैको हातेमालो आवश्यक छ ।’

स्थानीय चुनाव नजिकिँदै गर्दा राप्रपाले एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमा आमसभा गरेको हो । कार्यक्रममा राप्रपाले राजसंस्था हुनुपर्ने, देश हिन्दूराज्य हुनुपर्ने र संघीयता खारेज हुनुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा राप्रपामा प्रवेश गरेको घोषणा गरिएको थियो ।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 1 Minute 11107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार