२०७९ जेष्ठ ४ बुधबार

पुष्पा बानियाँ, जसले निकालिन् पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै इन्स्पेक्टरमा १ नम्बरमा नाम

ललितपुर – पुरूष प्रतियोगीलाई समेत पछि पार्दै ललितपुरकी पुष्पा बानियाँले सशस्त्र प्रहरी बल नेपालको इन्स्पेक्टरमा नाम निकालेकी छिन् ।सशस्त्र प्रहरी बलको मानव स्रोत विभागले गत भदौ ११ गते प्रकाशित विज्ञापनअनुसार सम्पूर्ण परिक्षामा उत्तीर्ण भएका ४९ उत्तीर्ण भएका छन् ।

खुल्लामा ४२ जना उत्तीर्ण भएकामा अन्य पुरुष प्रतिस्पर्धीलाई समेत पछि पार्दै बानियाँले १ नम्बरमा नाम निकाल्न सफल भएकी हुन् ।ललितपुरकै प्रसादी एकेडेमीबाट दश जोड २ पास गरेकी पुष्पाबाहेक खुलाबाट छनौट हुनेमा अरु सबै पुरुष प्रतियोगी रहेका छन् ।

भक्तपुरको सैनिक कलेज सल्लाघारीबाट बीबीए गरेकी बानियाँले प्रशादी एकेडेमीबाट १२ पास गरेकी थिइन् । उनले बीबीएमा भक्तपुरको सैनिक कलेज टपसमेत गरेकी थिइन् ।

भर्ना तथा छनौट शाखाका सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश बहादुर रायमाझीका अनुसार ४२ जना खुल्ला, ४ जना महिला, २ जना आदिवासी र १ जना दलिततर्फबाट छनौट भएका छन् ।

उत्तीर्णलाई भोली अर्थात् चैत २५ गते भद्र पोशाकमा सम्पूर्ण सक्कल कागजातसहित सशस्त्र प्रहरी बलको हेडक्वाटरमा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

२०७८ चैत्र २७, आईतवार प्रकाशित 0 Minutes 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार