२०७९ असार १२ आईतवार

मदन भण्डारीले कृष्णप्रसादलाई हराएको जस्तो नतिजा ल्याउने दा’बी गर्दै गगन थापासँग भिड्ने उम्मेदवारको लाग्यो टुङ्गो

काठमाडौं । आफूलाई दार्शनिक बताउने सामाजिक सञ्जालमा फरक अभिव्यक्ति दिएर भाइरल बनेका मुकुन्द घिमिरे उर्फ मुकुन्देले नयाँ फण्डा सुरू गरेका छन् । उनले आइतबार फेसबुकमा स्टाटस लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट संसदीय चुनाव लड्ने तयारी गरेको जनाउ दिएका हुन् ।

मुकुन्देले लेखेका छन्, ‘अब मलाई संसदमा पुगेर बोल्न कसैले रोक्न सक्दैन । बेजिल्लाबाट उठ्नलाई गृहजिल्लाको मतदाता नामावलीको प्रमाणितप्रति चाहिने रहेछ । अघिल्ला चुनावहरूमा साथमा नभएको मेरो दस्तावेज अहिले उपलब्ध भएको छ ।

संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवार हुने मेरो तयारी सुरू भयो ।’ काठमाडौं–४ कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जितेको क्षेत्र हो ।

चर्चित हस्तीको क्षेत्रबाट चुनाव लड्ने भनेर मुकुन्देले आफूलाई चर्चामा ल्याउन खोजेको धेरैको अनुमान छ । तर, हामीसँगको कुराकानीमा उनले चर्चाको लागि नभएर जित्नका लागि उम्मेदवारी दिन लागेको बताए ।

विगतमा आफूले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गर्दा प्राविधिक कारणले रोकिएको तर यसपाली नरोकिने उनको भनाइ छ ।  चुनाव लड्ने नै हो त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘लड्नै पर्ने भयो हजुर । पहिला पनि धेरै कोशिस गरेको प्रचण्डविरुद्ध उठ्नलाई ।

२०७० सालमा किर्तिपुरमा प्रचण्डविरुद्ध लड्ने तयारी गरेको थिउँ । तर अर्को जिल्लाबाट उम्मेदवार दिँदा मतदाता नामावलीसँगै छुट्टै चिठी आउन पर्ने रहेछ सम्बन्धित जिल्लाबाट । त्यो नहुँदा म रोकिएँ ।

अहिले त्यो पेपर प्राप्त भएको छ । अब कुनै राष्टिय स्तरको खराब मान्छेलाई चुनौती दिनुपर्ने छ ।’

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 686 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?