
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक राउण्ड गोलीसहित एक यु,,वती पक्राउ परेकी छन् । मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तनहुँको भानु नगरपालिका ७ की स्थायी बासिन्दा नेपालीको झोला जाँचको क्रममा मनीपर्सभित्र के एफ १३५. ५६ लेखिएको गोली फेला परेको हुँदा आवश्यक अनु सन्धानका लागि कारबाहीका लागि नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।
नेपाल एयरलाइन्सको उडानबाट ती युवती मलेसिया जाने तयारीमा रहेको प्रहरीले जना एको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘तनहुँ साविक बसन्तपुर गा.वि .स.वडा नं. ६ हाल परिवर्तित भानु
न.पा.वडा ७ स्थायी वतन भएकी वर्ष २७ की सोबिता नेपा लीले लिई आएको घ्यू रंगको लेडिज हाते ब्याग,,लाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान
होल्ड ब्यागेज चेकिङ X-ray ‘A’ मा चेकजाँच गर्ने क्रममा उक्त ब्यागभित्र रहेको कालो रंगको मनीपर्स भित्र KF 13 5.56 लेखिएको गोली राउण्ड- १ (एक)
फेला परेको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।