२०७९ असार १४ मंगलवार

मेयर टिकट नपाएको भन्दै डिल्लीराम घिमिरेले रूँदै त्यागे एमाले (हेर्नुस भिडिओ)

झापा आन्दोलनका एक हस्तीले नेकपा एमाले त्यागेको घोषणा गरेका छन्। मंगलबार बिहान मेचीनगरका स्थानीय पत्रकारसँग आँसु खसालेर नेकपा एमालेको साधारण सदस्यता समेत नर हने गरी पार्टी परित्याग गरेको बताए।

मेची नगरपालिकाको मेयरका आकांक्षी बनेका नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले पार्टी भित्रको चरम गुटबन्दीका कारण पार्टीबाट अल ग भएको सेतोपाटीलाई बताए।मेची नगरमा घि मिरे नेकपा एमालेबाट नगर प्रमुख पदका लागि आकांक्षी थिए।

तर, हालै सम्पन्न पाटीको आन्तरिक मतदान सहितको सर्वेक्ष णमा उनी पछि परेका थिए। गएको स्थानीय तहको निर्वाचनमा पनि घिमिरे मेयरका लागि आकांक्षी थिए।

स्थानीय पार्टी कमिटीले अर्को स्थानीय तहको निर्वाचनका मेयरका लागि पक्का गरेपछि उनले त्यस बखत उक्त पदको दाबी छोडेका थिए।

नेकपा एमाले झापाले भने घिमिरेले पार्टी छोडेको विषयमा आधिकारिक धारणा दिएको छैन। पार्टीका झापा अध्यक्ष दी  पक कार्कीले घिमिरेले पार्टी छोडेको विषयमा नेतृत्वलाई

जानकारी नभएको बताए।काँकडभिट्टा निवासी घिमिरे एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटीका संयोजक हुन्।

नेता घिमिरे तत्कालीन काँकडभिट्टा गाविस अध्यक्ष समेत हुन्। नेता घिमिरेले पार्टी निर्माण र संगठन विस्तारसँगै जनसेवामा समर्पित हुँदा समेत एमालेले आफ्नो योगदानको कदर नगरे को बताउँदै पार्टी छोडेको बताए।

उनले मेयरको आकांक्षा राख्दा आफूलाई पार्टीले रिङआउट गरेको आरोप लगाए।उनले सामाजि क सञ्जालमा लेखेका छन्,‘आदरणीय मेरा सहयोगी मित्रहरू।

यो पटक ममाथि भएको अन्याय सहन सकिनँ। एउटैलाई थपिथपि जिम्मेवारी र अरूलाई अवसरबाट बञ्चित गर्ने चरम गुटबन्दीका नाइकेहरूसँग बसेर पटक/

पटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मितिबाट नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट बिदा लिएँ।’

उनले माया गर्ने साथीसँग माफी पनि मागेका छन्। पार्टीले प्रदेश सांसद गोपालचन्द्र बुढाथो कीलाई मेयरमा अगाडि सारेपछि डिल्लीराम घिमिरे , निलकण्ठ तिवारी लगायतका अन्य सबै आकांक्षीहरु रूष्ट भएका छन्।

घिमिरे झापा आन्दोलनदेखि नै पार्टीमा सक्रिय थिए। उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकट हुन्।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

२०७८ चैत्र २९, मंगलवार प्रकाशित 0 Minutes 3040 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?