
काठमाडौ, २९ चैत । नेपाल प्रहरीले काठमाडौ को ब्यस्त असनबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसे वाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३००
मूल्य बराबरको कपडासहित काठमाडौँ महान गरपालिका-१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौँ महानगरपा लि का-१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडा सहित उनीहरु लाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
उक्त कपडा अग्रवालले काठमाडौँ महानगर पालिका-२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका–१ रसुवा घर भएका ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड गाउपालिका–६का २७ वर्षीय पेम्मा थोक्रा र नौगुण्ड गाउँपालिका–६ रसुवाकाका २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।
एयर अरेबियाको विमानबाट सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आग मन टनेल गेटबाट २९९.८८ ग्राम सुन सहित पक्राउ गरेको हो ।
सुकुरामले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईव टा सिक्री, पेम्बा थोक्राले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री र बुद्धिमान तामाङले लगाएको जिन्सपा इन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री गरी ६ वटा सुनको सिक्री बरामद भएको छ ।
पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।