२०७९ असार १३ सोमबार

काठमाडौंको वीर अस्पतालमा घट्यो अनौठो घटना : कहाँ गए ति पुरुष ?

ब,लात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त अस्पतालबाट फरार भएका छन्।   केन्द्रीय कारागार हुँदै वीर अस्पतालमा भर्ना भएका राजेश तिरूवा मंगलबार राति भागेका हुन्।

कारागार व्यवस्था विभागका प्रवक्ता झंकनाथ ढकालका अनु सार सिन्धुपाल्चोक जिल्ला कारागारबाट उनलाई शुक्रबार जि ल्ला अस्पताल लगिएको थियो।जिल्ला अस्पतालले उनलाई काठमाडौं रिफर गरेको प्रवक्ता ढकालले बताए।

‘सुरूमा हाम्रो कारागार अस्पतालमा पनि उपचार गराएको थियो ,’ उनले भने, ‘त्यहाँबाट वीर अस्पताल लग्न भनेपछि भर्ना गरिएको थियो।’

तिरूवालाई सिन्धुपाल्चोक जिल्ला अदालतले केही महिना अघि पुर्पक्षका लागि कारागार चलान गरेको थियो। उनको अहिले खोजी भइरहेको विभागले जनाएको छ।

यो पनि,,हाम्रो लडाई कुनै दलसंग नभई भ्र,ष्ट चार र वेथिति बिरूद्ध होः ज्ञानेन्द्र शाही-भिडियो काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीको लडाई कुनै व्यक्ति र पार्टीसंग नभई सिङ्गो भ्रष्ट,चार, वेथिति र कुसा शनका बिरूद्धमा रहेको बताएका छन् ।

स्याङ्जा को आयोजनामा बिहीबार सम्पन्न भएको बृहत आम सभा लाई सम्बोधन गर्दै राप्रपाका प्रबक्ता शाहिले देशको बर्त मान अवस्था सबै तिरबाट बर्बाद भईसकेको बताएका हुन् ।

उनले भने,‘हाम्रो लडाई कुनै व्यक्ति र पार्टी संगको होईन सिङ्गो भ्रष्टचार, वेथिति र कुसाशनका बिरूद्ध हो ।’

देशलाई भ्रष्टतन्त्रले बर्षौ पछाडि धकेलेको छ भन्दै शाहीले भने ,‘देशको राष्ट्रियता धरापमा पर्नु, जनताले महङ्गीमा डुब्नुको मुख्यकारण नै भ्रष्टाचार रहेको उल्लेख गरे ।

चापाकोट राप्रपा को बृहत आमसभामा पार्टिका केन्दिय सदस्य हिक्मत जङ्ग कार्की, प्रदेश अध्यक्ष पन्चराम गुरूङ, लगायतका शिर्ष नेताहरूले सभालाई सम्बोधन गरेका थिए।।

२०७८ चैत्र ३०, बुधबार प्रकाशित 1 Minute 1912 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?