२०७९ असार १७ शुक्रबार

रौतहटको एक विद्यालयका प्रधानाध्यापक पक्राउ

रौतहट । रौतहटमा घुस लिदै गर्दा एक विद्याल यका प्रधानाध्या पक पक्रा,उ परेका छन् । इशना थ नगरपालिकाको घिउराटोलमा रहेको श्री विश्वे श्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालय का प्रधानाध्यापक राकेश कुमार ठाकुर

र उनका सहयोगी दिपेन्द्र कुमार झा तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टँगालबाट आएको टोलीले प्रधानाध्यापक ठाकुर र कार्यालय सहयोगी झालाइ घुस लिँदालिँदै सरुअठा चोकबाट रँगेहात प,क्राउ गरेको छ ।

प्रधानाध्यापक ठाकुर र सहयोगी झाले शिक्षक नियुक्ती र करार शिक्षकको सेवा अबधि थप वापत ३ लाख रुपैयाँ घुस मागेको गोप्य

सूचनाको आधारमा तीन लाख रुपैयाँ लिसकेको अवस्थामा रँगेहात पक्राउ गरिएको हो । मुचुल्का उठाएपछि दुवै जनालाई बुधबार नै अख्तियारको केन्द्रीय कार्यालय टँगाल लगिएको छ ।

यो पनि,,काठमाडौको ब्यस्त असनबाट दुईजना पक्राउ — काठमाडौ, २९ चैत । नेपाल प्रहरीले काठमाडौ को ब्यस्त असनबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसे वाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३००

मूल्य बराबरको कपडासहित काठमाडौँ महान गरपालिका-१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौँ महानगरपालि का-१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडा सहित उनीहरु लाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उक्त कपडा अग्रवालले काठमाडौँ महानगर पालिका-२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका–१ रसुवा घर भएका ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड गाउपालिका–६का २७ वर्षीय पेम्‍मा थोक्रा र नौगुण्ड गाउँपालिका–६ रसुवाकाका २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।

एयर अरेबियाको विमानबाट सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगम न टनेल गेटबाट २९९.८८ ग्राम सुन सहित पक्राउ गरेको हो ।

सुकुरामले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री, पेम्बा थोक्राले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री र बुद्धिमान तामाङले लगाएको जिन्स पाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री गरी ६ वटा सुनको सिक्री बरामद भएको छ ।

पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

२०७८ चैत्र ३०, बुधबार प्रकाशित 1 Minute 2791 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?